लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ

काठमाडौँ ।  लागूऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ परेका छन् । कञ्चनपुर, कैलाली, मोरङ लगायतका जिल्लाबाट  लागूऔषधसहित १९ जना पक्राउ परेका हुन् । कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट खैरो हेरोइनजस्तो देखिने ४ ग्राम ५ सय ४० मिलिग्राम पदार्थसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली गोदावरी नगरपालिका-८ श्रीपुर बस्ने २६ वर्षीय रामजनम चौधरी र २८ वर्षीय उमेश चौधरी रहेका छन् । प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले सु.प.प्र.०१२ प ३६०० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी कञ्चनपुरकै भिमदत्त नगरपालिका–११ गड्डाचौकीबाट ब्राउनसुगरजस्तो देखिने २ सय मिलिग्राम पदार्थसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेदकोट नगरपालिका–९ लालपुर बस्ने २१ वर्षीय अरबिन्द रोकाया, सोही नगरपालिका–३ बस्ने २० वर्षीय सुमित साउद र सोही नगरपालिका–१० बस्ने २१ वर्षीय साजन कठायत रहेका छन् । इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित मंगलबार साँझ पक्राउ गरेको हो ।

त्यस्तै कञ्चनपुरकै बेलौरी नगरपालिका–६ खैरानाबाट खैरो हेरोइनजस्तो देखिने ४ ग्राम ५ सय २० मिलिग्राम पदार्थसहित सोही ठाउँ बस्ने ३१ वर्षीया सावित्री चौधरीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । उता कैलालीको घोडाघोडी नगरपालिका–६ झलझलिया जंगलबाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम १ सय ४० मिलिग्राम पदार्थ  र नगद ६ हजार ८ सय ८० रुपैयाँसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–६ बछुरिया बस्ने ३० वर्षीय भीमबहादुर दमाई र २६ वर्षीय तपेन्द्रबहादुर थापा रहेका छन् ।

इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित मङ्गलवार साँझ पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा भीम बहादुरको घर तलासी गर्दा थप ५ ग्राम २ सय ५० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ फेला पारी प्रहरीले बरामद गरेको छ । यसैगरी कैलालीकै गोदावरी नगरपालिका–५ गेटाबाट खैरो हेरोइनजस्तो देखिने १ ग्राम १ सय २० मिलिग्राम  पदार्थ र नगद १४ हजार ७ सय रुपैयाँ सहित सोही ठाउँ बस्ने २७ वर्षीय अनिल चौधरीलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय माला खेतीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कबाट खैरो हेरोइनजस्तो देखिने १ सय ५२ ग्राम पदार्थ सहित २ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बिहार अररिया फाबिसगंज कोहलिया बस्ने २८ वर्षीय मो.मोजाहित र २० वर्षीय राजकुमार दास रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगर र वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी मोरङको विराटनगर महानगरपालिका–१३ पथलैया मार्गबाट  खैरो हेरोइनजस्तो देखिने पदार्थ १ सय ४० ग्राम १ सय ८० मिलिग्राम सहित सोही महानगरपालिका–८ बस्ने २८ वर्षीय अजयकुमार मुखिया समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले को.१४ प ४५८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित मङ्गलवार साँझ पक्राउ गरेको हो । त्यस्तै भक्तपुरको सूर्यविनायक नगरपालिका–६ सूर्यविनायक चोकबाट  नोर्फिन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल र फेनारगन २१ एम्पुल सहित सूर्यविनायक बस्ने दोलखा गौरीशङ्कर नगरपालिका–२ घर भएका ३० वर्षीय दिनेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त जगातीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित मङ्गलवार राति पक्राउ गरेको हो ।

उता बर्दियाको बढैयाताल गाउँपालिका–३ सिमराबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय १० मिलिग्रामसहित बाँके बैजनाथ गाउँपालिका–५ बनकटुवा बस्ने २३ वर्षीय इन्सेक थारुलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित  मङ्गलवार राति पक्राउ गरेको हो ।

त्यस्तै झापाको भद्रपुर नगरपालिका–५ मेची पुलबाट ब्राउन सुगरजस्तो देखिने ३ ग्राम ८ सय ३० मिलिग्राम पदार्थसहित २ जनालाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हल्दिबारी गाउँपालिका–२ बस्ने राम मर्डी र सोही नगरपालिका–३ बस्ने धन बहादुर बन रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१५ प ५३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापाकै बिर्तामोड नगरपालिका–५ बसपार्कबाट ब्राउनसुगर जस्तो देखिने १ ग्राम ३ सय ८० मिलिग्राम पदार्थ  र नगद १४ हजार १ सय ९० रुपैयाँ सहित सोही ठाउँ बस्ने २० वर्षीय आदेश दर्जीलाई मङ्गलवार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१८ ठुलोदमार स्याउली बजारबाट खैरो हेरोइनजस्तो देखिने ५ ग्राम पदार्थसहित बकैया गाउँपालिका–४ छतिवन बस्ने ३९ वर्षीय सोमबहादुर थोकरलाई मङ्गलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले बा.प्र.०३–००५ प ३१०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »