बाजुराको स्वास्थ्य कार्यालयका प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाजुराको स्वास्थ्य कार्यालयका तत्कालीन निमित्त प्रमुख अशोककुमार सिंहसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले मुद्दा दायर गरेका अरू व्यक्तिमा स्वास्थ्य कार्यालय बाजुराका शिक्षा विकास तथा समन्वय इकाइका तत्कालीन इन्जिनियर सुनेशकुमार चौरसिया, तत्कालीन सबइन्जिनियर नरेश रावत, प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी छन्।

बाजुराको हिमाली गाउँपालिका–६ स्थित प्रसूति केन्द्र भवन निर्माण कार्य लागत अनुमानानुसार नगरी बढी भुक्तानी गरेर रकम हिनामिना गरेको भन्ने उजुरीपछि अख्तियारले उनीहरूमाथि अनुसन्धान अघि बढाएको थियो। उनीहरूले १५ लाख आठ हजार ५५७ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारद्वारा बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ। दायर मुद्दामा उनीहरूसँग १५ लाख आठ हजार ५५७ रुपैयाँ बिगो मागदाबी गरिएको छ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »