हेटौंडामा सडक सीमाभित्रका संरचना हटाउन १५ दिनको अल्टिमेटम

मकवानपुर, ५ मंसिर । सडक डिभिजन कार्यालय हेटौंडाले बजार क्षेत्रमा पर्ने सडक सीमाभित्रका संरचना हटाउन १५ दिने अल्टिमेटम जारी गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्र रेखादेखि २५–२५ गज (७५–७५ फिट) भित्र बनेका स्थायी तथा अस्थायी घरटहरा, पर्खाल तथा अन्य संरचना हटाउन निर्देशन दिएको हो ।

सरकारले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको चौडाइ मापदण्डअनुसार कायम गर्ने नीति अनुसार संरचना हटाउन लागिएको डिभिजन कार्यालयले स्पष्ट गरेको छ । विज्ञप्तिमा तोकिएको समयभित्र स्वेच्छाले संरचना नहटाए कानुनअनुसार कारबाही र बल प्रयोग गरी हटाइने चेतावनीसमेत दिइएको छ ।

हेटौंडा बजार क्षेत्रमा २५–२५ गज चौडाइ कायम गर्ने योजना करिब पाँच दशकअघिदेखि पटकपटक अघि सारिए पनि यथार्थमा सडक विस्तार भने कहिल्यै अघि बढ्न सकेको छैन । पूर्वाधार विस्तारका नाममा सूचना जारी हुने तर व्यवहारमा काम नहुने परम्परा दोहोरिन सक्ने भन्दै स्थानीयवासी र व्यापारीहरू कार्यान्वयनबारे शंका व्यक्त गरिरहेका छन् ।

यातायात चाप बढ्दै गएको, सडक साँघुरो हुँदा दुर्घटना जोखिम बढेको र बजार क्षेत्रमा दैनिक जाम समस्या बनेको अवस्थालाई समाधान गर्न सडक विस्तार अपरिहार्य रहेको सरोकारवालाको तर्क छ । तर भूतपूर्व झैँ मुआब्जा, राजनीतिक दबाब र स्थानीय प्रतिरोधका कारण यो सूचना पनि कागजमै सीमित हुने हो कि भन्ने चासो भने यथावत् छ । १५ दिनभित्र हटाउने भनिए पनि वास्तविक रूपमा हेटौंडाको सडक विस्तार कहिले हुने हो भन्ने प्रश्नमा भने अझै स्पष्टता देखिएको छैन ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »