रौतहट, ७ भदौ । रौतहटको गौरमा विद्युतीय करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका–८ स्थित वीरबहादुर साहको नवनिर्मित चारतले घरको छतमाथि खेलिरहेका बालकको करेन्ट लागेर शनिबार साँझ मृत्यु भएको हो ।
रौतहट प्रहरीका सूचना अधिकारी एवं डिएसपी विष्णुप्रदीप बस्यालका अनुसार सुनिल साहको ५ वर्षीय छोरा रितिककुमार साहको करेन्ट लागेर मृत्यु भएको हो ।
मौलापुर नगरपालिका–४ पतौरा घर भएर गौर नगरपालिका ५ स्थित वीरबहादुरको घरमा डेरा गरी बसिरहे पनि उनकै वडा नम्बर ८ मा निर्माण भइसकेका चारतले घरको कौशीमा खलिरहेको अवस्थामा करेन्ट लागेको बस्यालले जानकारी दिए । यस घटना सम्बन्धमा अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।









