मुगुको खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढ्यो

काठमाडौँ, ७ मङ्सिर । कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला मुगुको उत्तरी भेग खत्याड गाउँपालिकाका जनताको सुविधाका लागि खत्याड इलाका प्रशासन स्थापना गर्ने प्रक्रिया अघि बढेको छ । तत्कालीन वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको पहलमा गत भदौ ९ गतेको मन्त्रिपरिषद्ले खत्याडमा इलाका प्रशासन स्थापना गर्ने निर्णय गरेको थियो । उक्त निर्णयलाई वर्तमान सरकारले कार्यान्वयन प्रक्रिया अघि बढाएको हो ।

अर्थ मन्त्रालयले यही मङ्सिर ३ गते खत्याडमा इलाका प्रशासन स्थापना गर्नका लागि जनशक्ति र स्रोतको सुनिश्चितता गरेको छ । हाल खत्याडका स्थानीयले नागरिकता बनाउन हजाराँै रकम खर्च गरेर दुई दिनको पैदल यात्रामार्फत जिल्ला सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । खत्याडवासीले अब आफ्नो पालिकामै नागरिकता पाउने भएका छन् । नेपाली कांंग्रेस मुगुका सभापतिसमेत रहनुभएका पूर्वमन्त्री शाहीले निर्वाचनको बेला मतदातासँग गरेका प्रतिबद्धतालाई मध्येनजर गरी आफू मन्त्री भएको बेलामा जनताको कामलाई प्राथमिकता दिएर अघि बढेको बताउनुभयो ।

उहाँले स्थानीयको मागअनुसार गत भदौ १३ गते मुगुस्थित मुगुम कार्मारोङ गाउँपालिकामा ‘छायाँनाथ राष्ट्रिय निकुञ्ज’ स्थापना गर्ने निर्णय गरिएको जानकारी दिनुभयो । “डोल्फु क्षेत्रका स्थानीयवासीलाई कामका लागि शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज जान र आउन करिब एक साता पैदल समय लाग्ने भएको स्थानीयको दुःख तथा पीडा बुझेर सो निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो । यसैगरी उहाँ वनमन्त्री भएकै समयमा गत वैशाख २२ गते राराको प्रकृति संरक्षणमा जोड दिने उद्देश्यका साथ रारामा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय स्थापना गरिएको थियो ।

कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल एवं नेपालको सबैभन्दा ठूलो ताल रारासँगै त्यसवरपरको प्रकृति संरक्षणका लागि कर्णाली प्रदेशमै कोषको पहिलो कार्यालय स्थापना गरिएको हो । पूर्वमन्त्री शाहीकै पहलमा जिल्लामा गमगढी रारा खत्याड जोडने सडक निर्माण, सङ्घीय जलस्रोत तथा सिँचाइ विकास आयोजना स्थापना, गमगढी नाक्चेनाङला सडक बहुवर्षीय आयोजना, छायाँनाथ रारा नगरपालिकामा एकीकृत सहरी विकास कार्यक्रमलगायतका दीर्घकालीन महत्वका काम अघि बढेको उहाँको सचिवालयले जनाएको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »