अरब–भारत–दक्षिण एसियामा कूटनीतिक पुल बन्दै रिजवान आलम

काठमाडौं । २१औँ शताब्दीको डिजिटल युगले विश्व राजनीतिमा नयाँ पात्रहरू उदाउने मार्ग खोलिरहेको बेला नेपाली मूलका युवा रिजवान आलम दक्षिण एसिया, भारत र अरब क्षेत्रको कूटनीतिक तथा व्यापारिक वृत्तमा तीव्र गतिमा उदाउँदै आएका छन्। सीमापार बौद्धिक प्रभाव, डिजिटल उपस्थिति र अन्तर्राष्ट्रिय नेटवर्किङको संयोजनमार्फत उनी नयाँ पुस्ताका ‘जियो–पोलिटिकल कनेक्टर’ का रूपमा पहिचान बनाउँदै अघि बढिरहेका छन्।

मध्यपूर्व (GCC/MENA) क्षेत्र ऊर्जा सुरक्षा, सामरिक व्यापार–मार्ग, सैन्य कूटनीति र आर्थिक रूपान्तरणका कारण विश्व राजनीतिमा केन्द्रीय महत्त्व बोक्ने क्षेत्रमा पर्छ। यस्तो संवेदनशील क्षेत्रमा प्रत्यक्ष कूटनीतिक पहुँच पाउनु दुर्लभ मानिन्छ। यसैबीच रिजवान आलमलाई अरब पार्लामेन्टले सरकारी–स्तरको प्रोटोकल सुविधा प्रदान गरेको छ, जसले उनलाई विभिन्न मुलुकमा विशेष कूटनीतिक सहजतासहित आवत–जावत गर्ने अवसर दिएको छ। यो उपलब्धिले नेपाललाई पहिलोपटक अरब विश्वसँग राजनीतिक, सुरक्षा र लगानीसम्बन्धी प्रत्यक्ष संवादको ढोका खोलेको विश्लेषण गरिन्छ।

दक्षिण एसिया, भारत र अरब क्षेत्र विश्वका उदाउँदा रणनीतिक करिडोर मानिन्छन्। यिनै तीन क्षेत्रमा समानान्तर सञ्जाल विस्तार गर्दै आलम ‘South Asia + Arab + India’ त्रिपक्षीय नेटवर्कमार्फत विदेशी लगानी (FDI), सहकार्य र अन्तर्राष्ट्रिय संस्थामा नेपालको पहुँच विस्तारमा सक्रिय छन्। यही कारण उनी नेपालका उदाउँदा कूटनीतिक–व्यापारिक पुलका रूपमा हेरिन थालेका छन्।

सुनसरीमा जन्मिएका आलम आज अरब राष्ट्रका मन्त्री, रोयल परिवारका सदस्य, भारतीय केन्द्रीय नेतृत्व तथा उच्चस्तरीय नीति–निर्माताहरूसँग प्रत्यक्ष सम्पर्कमा छन्। १,००० भन्दा बढी नेपाली तथा अन्तर्राष्ट्रिय कर्मचारीलाई रोजगारी प्रदान गर्ने बहु–उद्यम संचालनदेखि लिएर भारत–नेपाल–अरब त्रिपक्षीय सहकार्य सुदृढ बनाउन उनी निरन्तर सक्रिय छन्। आगामी जुलाई २०२५ मा नेपालका लागि ठूलो जलविद्युत् लगानीसहितको FDI सम्झौता सम्पन्न गर्न उनीले भुमिका खेलिरहेका छन्। साथै, उनी अरब पार्लामेन्टका अध्यक्षसँग प्रत्यक्ष व्यवसायिक साझेदारी सफल बनाउने पहिलो नेपाली बनेका छन्।

आलमले २०२२ मा दुबईका His Highness Shaikh Mohammed Bin Maktoum Juma Al Maktoum को नेपाल भ्रमण, २०२३ मा अरब पार्लामेन्टका अध्यक्ष Mohamed Ahmed Al Yamahi सँग सम्बन्ध विस्तार, तथा हालै सम्पन्न UAE राजकुमारको नेपाल भ्रमण—जहाँ परम्परागत सुन टुप्पो भएको नेपाली खड्ग (खरी) सम्मानस्वरूप प्रदान गरिएको थियो—जस्ता उच्चस्तरीय भेटवार्ता संयोजन गरेका छन्। यी पहलहरूले नेपाल–अरब सम्बन्धलाई कूटनीति, व्यवसाय, लगानी र सांस्कृतिक साझेदारीका क्षेत्रमा नयाँ उचाइमा पुर्‍याएको देखिन्छ।

डिजिटल पुस्ताका प्रतिनिधि युवा उद्यमी रिजवान आलम आज नेपाललाई विश्व–मञ्चमा नयाँ कूटनीतिक पहिचान दिलाउँदै उदाउँदै गएको शक्तिका रूपमा हेरिन थालेका छन्।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »