केपी ओलीको सत्ता मोह रिजेक्टेड प्रेमीको रुवाइजस्तै छ : रक्षा बम

काठमाडौं : नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता मोह देखाएको आरोप लगाएकी छिन्। संयोजक बमले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले दल दर्ता गरेपछि कडा प्रतिक्रिया दिँदै यस्तो बताएकी हुन्।

उनले एमाले ‘अर्को भाग पाइहालिन्छ कि’ भनेर दल दर्तामा गएको तर्क गरेकी छिन्। तर लोकतान्त्रिक बाटो अपनाएको भन्दै ‘शंकाको सुविधा’ सहित स्वागत गर्नुपर्ने तर्क उनको छ। उनले भदौ २३ को तानाशाही घटनादेखि अहिलेसम्म लोकतन्त्र र संविधानमाथि निरन्तर हमला भइरहेको स्मरण गराउँदै जनताले दिएको म्यान्डेट सुशासन, भ्रष्टाचार छानबिन र लोकतान्त्रिक निकासका लागि भएको स्पष्ट पारेकी छन्। चुनाव नहुनु भनेको फेरि तानाशाहको पाउमा देशको बागडोर सुम्पनु भएको उनको चेतावनी छ।

एमाले अध्यक्ष ओलीको सत्ता मोहलाई उनले व्यंग्य गर्दै भनेकी छन्, ‘सत्तासँगको ब्रेक अपपछि जनताले गरेको रिजेक्सन सहन नसकेर गुण्डुमा संसद् पुनर्स्थापनाको सुगा रटाई बम्किरहेका छन्। रिजेक्टेड प्रेमी जस्तै उनको रुवाइ छ।’ चुनाव हुन नदिएर देशलाई कुन शून्यतामा पुर्‍याउन खोजिँदैछ ? भनेर उनले प्रश्न पनि गरेकी छन्।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »