बडीगार्डको साथमा देखिइन् अभिनेत्री सपना लामिछाने

काठमाडौं, १ चैत । अभिनेत्री सपना लामिछाने बडीगार्डको साथमा हिड्दै गरेको दृश्य देखिएको छ ।


हालै एक विवाहको पार्टीमा सहभागी हुने क्रममा अभिनेत्री लामिछाने बडीगार्डको साथमा देखिएकी हुन् । पाँचजना बढी गार्ड लिएर उनी विवाह कार्यक्रममा सहभागी भएकी थिइन् ।


केही समयदेखि चलचित्र क्षेत्रबाट टाढिएकी उनी काठमाडौंमा होटल व्यावसायमा संलग्न हुँदै आएकी छिन् ।


चलचित्र विन्दास लाइफकी निमात्रीसमेत रहेकी उनले दुई दर्जनभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरेकी छिन् ।