आत्मदाहको प्रयास गरेका पुरुषको उपचारका क्रममा मृत्यु

सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर नजिक शरीरमा पेट्रोल छरेर आगो लगाई आत्मदाह प्रयास गरेका एक पुरुषको मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका ती पुरुषको उपचारको क्रममा जनकपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–२ निवासी धनपती पोखरेलका छोरा ५५ वर्षीय सूर्यप्रसाद पोखरेल रहेका छन् ।

प्रहरीका अनुसार गएसाँझ करिब ७ः४० बजे उनले आफ्नै शरीरमा पेट्रोल छरेर आगो लगाएका थिए । स्थानीयले आगो लागेको देखेपछि करिब ७ः५० बजे इलाका प्रहरी कार्यालय लालबन्दीमा खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा प्रहरी टोली राति ८ः०० बजे घटनास्थल पुगेको थियो । टोलीले आगोले गम्भीर रूपमा जलेका घाइते उनलाई तत्कालै सिटि हेल्थ केयर लालबन्दीमा उपचारका लागि पुर्‍याएको थियो ।

आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो । त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ः०० बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो । तर, उपचारकै क्रममा बुधबार राति २ः१० बजे ती पुरुषको मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृतकको पहिचान मोबाइलमार्फत खोजी गर्दा भएको हो । मोबाइलमा उनका भान्जाको नम्बर भेटेको र त्यहाँबाट सम्पर्क भएको हो । मृतकका आफन्तहरू घटनास्थलतर्फ आइरहेका प्रहरी स्रोतले जनाएको छ ।

उनले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास किन गरे भन्ने विषय हालसम्म खुलेको छैन । अहिले शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमै रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »