लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । लागू औषध सहित विभिन्न जिल्लाबाट १३ जना पक्राउ परेका छन् ।  तनहुँ, मकवानपुर, सिराहा, मोरङ लगायतका जिल्लबाट १३ जना पक्राउ परेका हुन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट ट्रामाडोल ९ सय ४० ट्याब्लेटसहित लमजुङ मर्स्याङ्दी गाउँपालिका–८ बस्ने ३१ वर्षीय सन्तोष गुरुङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले काठमाडौँबाट लमजुङतर्फ जाँदै गरेको बा.प्र.०३.००१ ख १६८३ नम्बरको बसमा सवार उनलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

यसैगरी तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारबाट २ सय ग्राम चरेससहित धादिङको गजुरी गाउँपालिका–४ बस्ने १९ वर्षीय श्रीलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट मुग्लिङ पुल जिपबाट खटिएको प्रहरीले काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको ग.२ ख. १७७३ नम्बरको माइक्रो बसमा सवार उनलाई मङ्गलवार साँझ उक्त चरेससहित पक्राउ गरेको हो ।

त्यस्तै मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरूवा टोलबाट २ सय २० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही उपमहानगरपालिका–८ कमाने बस्ने २० वर्षीय सागर स्याङतानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित मङ्गलवार दिउँसो पक्राउ गरेको हो । उता सिराहाको सिराहा नगरपालिका–२१ पिपरा टोलबाट करिब ६ सय ५० मिलिग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २१ वर्षीय महेश्वर सहनी र सोही नगरपालिका–१ बस्ने २२ वर्षीय भरतकुमार यादव रहेका छन् । प्रहरी चौकी लकडि गोठबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.२३ प ८०६५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई मङ्गलवार दिउँसो उक्त पदार्थसहित पक्राउ गरेको हो ।

उता, मोरङको विराटनगर महानरपालिका–१३ कृष्ण चोकबाट ७६ ग्राम ५ सय मिलिग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित जहदा गाउँपालिका–१ बस्ने १९ वर्षीय उपेन्द्र यादव समेत २ जनालाई मङ्गलवार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै चितवनको रत्ननगर नगरपालिका–२ स्थित २ नम्बर रोडबाट १ सय १ ट्याब्लेट र एनारगन १ सय १ ट्रामाडोल ट्याब्लेटसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २४ वर्षीय डेबिट क्षेत्री र २६ वर्षीय जय किशन शाह रहेका छन् । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले मङ्गलवार साँझ उनीहरूलाई उक्त लागू औषध सहित पक्राउ गरेको हो ।

यसैगरी चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकबाट ३ किलो २ सय ग्राम गाँजा,  १ सय २० ट्रामाडोल ट्याब्लेट र नगद ६ हजार ५५ रुपैयाँसहित सोही महानगरपालिका–२ क्षेत्रपुर डेरा गरी बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय विदुरप्रसाद उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित मङ्गलवार दिउँसो पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको बा.३१ प ४२८९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

त्यस्तै चितवनको कालिका नगरपालिका–६ गुरौ चौरबाट १ हजार १ सय २० ट्रामाडोल ट्याब्लेटसहित सोही नगरपालिका–७ बस्ने २८ वर्षीय गोविन्द घलेलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रत्ननगर टाँडीबाट खटिएको प्रहरीले उनलाई उक्त लागू औषध सहित  मङ्गलवार साँझ पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको प्र.२–०३–००७ प ३८५ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।

उता कैलालीको गौरीगंगा नगरपालिका–८ बडैपुर बजारबाट २ ग्राम ९ सय ५० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थसहित सोही ठाउँ बस्ने ३० वर्षीय हरेन्द्र भाटलाई प्रहरीले पक्राउ गरेको छ । मङ्गलवार दिउँसो इलाका प्रहरी कार्यालय मसुरियाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

कैलालीकै धनगढी उपमहानगरपालिका–२ त्रिनगरबाट खैरो हेरोइनजस्तो देखिने ३ ग्राम ७ सय ५० मिलिग्राम पदार्थसहित सोही उपमहानगरपालिका–१३ मोहनपुर बस्ने ३० वर्षीय रूमन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित मङ्गलवार साँझ पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »