इन्डोनेसियामा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ८४ पुग्यो

मेडन : इन्डोनेसियाको सुमात्रा टापुमा आएको बाढी र पहिरोका कारण कम्तिमा ८४ जनाको मृत्यु हुनुका साथै दर्जनौं बेपत्ता भएको उद्धार अधिकारीहरूले शुक्रबार बताएका छन् । इन्डोनेसियाको छिमेकी मुलुलुक मलेसिया र थाइल्यान्डमा पनि भारी वर्षाको कारण उत्पन्न विपदले यस क्षेत्रमा दर्जनौँ मानिसहरुकोे मृत्यु भएको छ । उत्तरी सुमात्रामा शुक्रबार सम्म मृतकको सङ्ख्या ६२ पुगेको र ९५ जना घाइते भएको स्थानीय प्रहरी प्रवक्ता फेरी वालिन्टुकानले बताएका छन् ।

वाढीका कारण वेपत्ता भएका कम्तिमा ६५ जनाको खोजी भइरहेको प्रवक्ता फेरी वालिन्टुकानलाई उदृत गर्दै एएफपीले जनाएको छ । स्थानीय विपद् एजेन्सीका अनुसार पश्चिम सुमात्रामा कम्तीमा २२ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन् । वालिन्टुकानले उत्तरी सुमात्राका अधिकारीहरू “निकासी र सहायता प्रदान गर्ने कार्यमा केन्द्रित रहेको बताएका छन् । उत्तरी सुमात्रामा, केही क्षेत्रहरूमा सञ्चारको पहुच विच्छेद भएको उनले बताएका छन् ।

सबैभन्दा बढी प्रभावित सहर सिबोल्गामा ३० जना भन्दा बढीको मृत्यु भएको उनले बताएका छन् । पश्चिम सुमात्रामा स्थानीय विपद् एजेन्सीका प्रमुख अब्दुल मलिकलाई उदृत गर्दै “२२ जनाको मृत्यु भएको र १२ जनाको खोजी भइरहेको एएफपीले जनाएको छ । भारी वर्षाले इन्डोनेसियाको पश्चिमी प्रान्त आचेमा पनि बाढी र पहिरो आउदा लगभग एक हजार ५०० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको स्थानीय विपद् एजेन्सीले जनाएको छ ।

एएफपीका अनुसार प्रान्तका केही भागहरूमा बिजुली सेवासमेत बन्द गरिएको छ । बिजुली कम्पनी पेरुसाहान लिस्ट्रिक नेगाराले यस हप्ताको सुरुमा आकस्मिक बाढीले प्रसारण टावरलाई प्रभावित गराय पछि बिस्तारै बिजुली आपूर्ति पुनस्र्थापना गर्न कर्मचारीहरू तैनाथ गरेको बताएको छ । मौसमी बर्षाले थाइल्यान्डका केही भागहरू डुबानमा पारेको र दर्जनौँको मृत्यु भएको छ । मलेसियामा पनि बाढीले र कम्तिमा दुई जनाको मृत्यु भएको जनाइएको छ । मध्य जाभामा भारी वर्षाका कारण आएकोको पहिरोका कारण कम्तीमा ३८ जनाको मृत्यु हुनुका साथै करिब १३ जना अझै बेपत्ता भएको जनाइएको छ ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »