प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान

काठमाडौँ, १२ मङ्सिर । रिलायन्स साहित्य समाजले नेपाली भाषा साहित्यका क्षेत्रमा योगदान दिने पुराना र युवा स्रष्टालाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले आज यहाँ आयोजित कार्यक्रममा वरिष्ठ कवि एवं समालोचक प्रा जगतप्रसाद उपाध्यायलाई रु ३५ हजार पाँच राशिको सम्मान तथा युवा कवि सुदेश सत्याललाई रु १५ हजार पाँच राशिको प्रतिभा पुरस्कार प्रदान गर्नुभएको हो ।

पूर्वकुलपति उप्रेतीले भाषा साहित्य राष्ट्रको पहिचान भएको उल्लेख गर्दै निजीस्तरमा खुलेका साहित्यिक संस्थाले पुराना र नयाँ स्रष्टालाई सम्मान तथा पुरस्कृत गर्ने परम्परालाई निरन्तरता दिनु सकारात्मक पक्ष भएको धारणा राख्नुभयो । सम्मानित स्रष्टा उपाध्यायको व्यक्तित्वबारे समालोचक प्रा डा हेमनाथ पौडेलले तथा युवा प्रतिभा सत्यालबारे उपप्राध्यापक रुपक अलङ्कारले चर्चा गर्नुभएको थियो ।

रिलायन्स शैक्षिक प्रतिष्ठानका अध्यक्ष रवीन्द्रजङग थापा भाषा, साहित्य र कला क्षेत्रलाई राष्ट्रले सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजित १६औँ राष्ट्रव्यापी अन्तरविद्यालयस्तरीय वक्रृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । यस वर्ष महाकवि देवकोटाको ‘वन’ कवितामा वक्तृत्वकला प्रतियोगिता गराइएको समाजका अध्यक्ष दामोदर निरौलाले जानकारी दिनुभयो ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »