काठमाडौं, १४ मंसिर । नेपाली कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठक आज बस्दैछ ।
सभापति शेरबहादुर देउवाले आज आइतबार दिउँसो पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
महाधिवेशन र विशेष महाधिवेशका विषयमा विवाद चर्किएपछि देउवाले पदाधिकारी र पूर्वपदाधिकारीसँग छलफल गर्न लागेका हुन् ।









