ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको उद्धार

म्याग्दी । म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन् । सिमेन्ट बोकेर भैरहवादेखि दरवाङ जाँदै गरेको ग २ ख ०८४० नं को ट्रक फापरखेत पहिरोको घुमाउरो र साँघुरो सडकबाट आज बिहान करिब २ः३० बजेको समयमा ६० मिटर तल म्याग्दी नदीमा खसेको थियो । ट्रकसहित चालक पाल्पाको तानसेन नगरपालिका–८ मदनपोखराका ३४ वर्षीय गोविन्दबहादुर खाम्चा म्याग्दी नदीमा खसेका थिए ।

प्रहरी निरीक्षक सागर तिमिल्सिना र सिङ्गा तातोपानी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिवाकर सुवेदीको १३ जना प्रहरीको टोलीले म्याग्दी नदीको पानीमा खसेको ट्रकभित्र रहेका चालक खाम्चालाई उद्धार गरेको हो । निधारमा चोट र शरीरको विभिन्न भाग ददारिएको अवस्थामा उद्धार गरिएका चालक खाम्चाको प्रदेश अस्पताल बेनीमा उपचार भइरहेको प्रहरी निरीक्षक तिमिल्सिनाले बताए ।

उपचारमा संलग्न चिकित्सकका अनुसार चालकको अवस्था खतरामुक्त छ । नदीभित्र रहेको ट्रक निकाल्ने प्रयास भइरहेको छ । प्रहरीका अनुसार ट्रकमा तीन सय ४० बोरा सिमेन्ट थिए । केही बोरा नदीमा खसेको र केही बोरा भिरमा अड्किएको छ । फापरखेतको पहिरोले बर्खायाममा मङ्गला, मालिका र धवलागिरि गाउँपालिकालाई जिल्ला सदरमुकाम बेनी बजारसँग जोड्ने बेनी–दरवाङ सडक दैनिकजसो अवरुद्ध बनाउने र अन्य समयमा दुर्घटनाको जोखिम बनाएको छ । उक्त ठाउँमा गत असोजमा पनि सिमेन्ट बोकेको ट्रक सडकबाट खसेको थियो ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »