नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई झन् ठुलो विग्रहतिर लैजान्छ : डा. भट्टराई

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठुलो विस्फोट र विग्रहतिर लैजान सक्ने बताएका छन् । उनले भनेका छन्–’पछिल्लो जेनजी विद्रोहले नेपाली अर्थ(राजनीतिको समग्र अग्रगामी पुनर्संरचनाको माग गरेको कुरा प्रत्येक चेतनशील र इमानदार नागरिकको अगाडि दिनको घाम झैँ छर्लङ्ग छ।

त्यसको सिधा अर्थ हो अब कुनै पनि बहानामा पुरानो राजनीति, दल,नेतृत्व, संगठन, कार्यशैली,संस्कारलाई सामान्य डेन्टिंग-पेन्टिंग गरेर प्रस्तुत गर्ने वा नयाँको नाउँमा खोक्रा पपुलिष्ट एजेण्डा र पुरानै राजा(रजौटा शैलीमा चमत्कारिक ‘देवदूत’हरूलाई अघि सारेर नवयुवाहरूको आक्रोशलाई भजाउने दुष्प्रयासले देशलाई आगामी दिनमा झन् ठुलो विस्फोट र विग्रहतिर लैजान सक्छ।’

संकटग्रस्त राज्य र समाजको सतहभित्र पुत्पुताइरहेको बहुआयामिक अन्तर्विरोधको ज्वालामुखीलाई वेलैमा उचित निकास नदिई स्याउलाले छोपेर सामसुम पार्ने प्रयत्न इतिहासमा कहिल्यै पनि सफल नभएको उनको भनाइ छ ।

डा. भट्टराईले निम्न कार्यहरू तदारुकताका साथ सम्पन्न गर्न ध्यानाकर्षण गराएका छन् :

१, जेनजी समूहहरूको तर्फबाट संयुक्त रूपमा सरकार समक्ष प्रस्तुत सहमतिपत्र (म्यानडेट) मा तुरून्त दुबैपक्षबाट हस्ताक्षर होस् र कार्यान्वयनमा अघि बढोस्।

२, कार्की आयोगले भदौ २३ र २४ गतेको घटनाको छानबिन अहिले जस्तो कछुवा गतिमा हैन रकेटको गतिमा छिटो सम्पन्न गरोस् र त्यसका सिफारिसहरू तदारुकताका साथ कार्यान्वयन होस्।

३, तोकिएको मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन निर्बाध रूपमा सम्पन्न होस्।

४, निर्वाचन पश्चात् पुराना दल र नेतृत्वलाई लोकतान्त्रिक ढङ्गले ससम्मान बिदाइ गरेर देशलाई अग्रगामी नयाँ लोकतान्त्रिक नेतृत्व प्रदान गर्न नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरू बिचमा वृहत् ध्रुवीकरण, मोर्चा वन्दी, सहकार्य होस्।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »