पाकिस्तानी राजदूतावासद्वारा भरतपुर आँखा अस्पताललाई सहयोग

चितवन : नेपालका लागि पाकिस्तानी राजदूतावासले नेपाल नेत्रज्योति सङ्घद्वारा सञ्चालित भरतपुर आँखा अस्पताललाई सहयोग हस्तान्तरण गरेको छ । राजदूत अब्रार एच हासमीले आज एक कार्यक्रमकाबीच भरतपुर आँखा अस्पतालको कागजरहित प्रविधिको विकासका लागि रु १० लाख सहयोग हस्तान्तरण गरेका हुन् । सो रकम राजदूत हासमीले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष जयराम श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा राजदूत हासमीले स्वास्थ्य सेवा सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्ने बताउँदै अस्पतालले विभिन्न गाउँ–बस्तीमा पुगेर सेवा प्रदान गरेकोप्रति प्रशंसा व्यक्त गरे ।

राजदूत हासमीले निरन्तर प्राप्त हुँदै आएको सहयोगले अस्पताललाई आधुनिक, दक्ष आधुनिक प्रविधितर्फ अघि बढ्न थप मद्दत गर्ने विश्वास व्यक्त गरे । विगतमा झै आगामी दिनमा पनि आँखा उपचारमा पाकिस्तान सरकारका तर्फबाट नियमित सहयोग आदान प्रदान हुने उनले बताए ।

कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले स्थापना कालदेखिनै अस्पताललाई पाकिस्तान सरकारले निरन्तर सहयोग गर्दै आएको बताए । विसं २०४४ मा अस्पताल भवन निर्माण पाकिस्तानी सरकारका तर्फबाट गरिएको थियो । यस्तै रु ३० लाख वरावरको फेको मेसीन, रु ४० लाख वरावरको फार्मेसी तथा अप्टिकल डिस्पेन्सर भवन, नयाँ भवनमा मोडुलर शल्यक्रिया लगायतमा रु दुई करोड बराबरको पाकिस्तानी सरकारले सहयोग गरेको थियो ।

त्यसैगरी रु ६६ लाखमा पिकअप भ्यानसमेत खरिद गरिदिएको श्रेष्ठले बताए । सो अवसरमा राजदूताबासका हेड अफ चान्सरी मोहम्मद जाकिर खान र प्रोटोकल अफिसर प्रभाकर दाहालको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाल नेत्रज्योति सङ्घका केन्द्रीय कोषाध्यक्ष चिजकुमार मास्केसहित सङ्घका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी र सदस्य एबं अस्पतालका कर्मचारीको उपस्थिति थियो । सहयोग हस्तान्तरणका अवसरमा अस्पतालका गतिविधिका बारेमा सह–प्रध्यापक डा पुष्पा गिरी श्रेष्ठले जानकारी दिएका थिए ।

३६ वर्षको हुने सबै बालेन हुँदैनन् : राजेन्द्र लिङ्देन

काठमाडौँ : राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आवश्यकता अनुसार युवाहरूलाई पार्टीले महत्त्व दिएको बताएका छन् । काठमाडौँ जिल्लाको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ३६ वर्षको हुने

Read More »

सय दिन नपुग्दै उद्योगमन्त्रीले प्रधानमन्त्रीलाई बुझाइन् ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं : सरकार गठन भएको सय दिन नपुग्दै उद्योगमन्त्री गौरीकुमारी यादवले प्रधानमन्त्री बालेन शाहलाई ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन बुझाएकी छन्। सय दिने शासकीय सुधार कार्ययोजनाअन्तर्गत

Read More »

सरकार उल्टो गतिमा चलेको छ : कुलमान घिसिङ

रामेछाप : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सरकार उल्टो गतिमा चलेको आरोप लगाएका छन् । मन्थलीमा भएको पत्रकार र नागरिक अगुवासँगको भेटमा बोल्दै घिसिङले

Read More »

प्रतिनिधिबाट अगाध स्नेह र भरोसा पाएँ : उपसभापति वाग्ले

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डा. स्वर्णिम वाग्लेले आफूलाई सर्वाधिक लोकप्रिय मतसहित केन्द्रीय सदस्य तथा उपसभापतिमा निर्विरोध निर्वाचित गरेकोप्रति प्रतिनिधिलाई धन्यवाद दिएका छन्।

Read More »

टिपरको ठक्करबाट जलविद्युत् आयोजनाका मजदुरको मृत्यु

म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका-४ राताखोलास्थित म्याग्दीखोला जलविद्युत् आयोजना क्षेत्रमा आज बिहान टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार

Read More »

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »