लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह

कैलाली, १९ मङ्सिर । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न सञ्चारमाध्यम तथा सञ्चारकर्मीको महत्त्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन कैलाली शाखाले आज धनगढीमा आयोजना गरेको ‘प्रेस युनियनसँग मुख्यमन्त्री कार्यक्रम’मा मुख्यमन्त्री शाहले जनतालाई सुसूचित गराउन, एकतामा बाध्न सञ्चारमाध्यमको योगदान रहेको धारणा राख्नुभयो ।

“जनतालाई स्वतन्त्र बनाउन, अधिकार सम्पन्न बनाउन यो क्षेत्रको ठूलो भूमिका छ”, उहाँले भन्नुभयो, “यस अर्थमा हामीले समग्र सञ्चार क्षेत्र र सञ्चारकर्मीको सम्मान गर्नुपर्छ ।” जुनसुकै राजनीतिक आस्था, सैद्धान्तिक विचार, सिद्धान्त अवलम्बन गरे पनि लोकतन्त्रलाई स्थापित गराउँदै लोकतान्त्रिक पद्धतिलाई बलियो बनाउन र विकास गर्न गर्ने सञ्चारमाध्यमको महत्त्वपूर्ण योगदान रहेको मुख्यमन्त्री शाहले उल्लेख गर्नुभयो ।

केही दिनअघि मात्र सुदूरपश्चिमका सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि प्रदेश राजधानी फर्कनुभएका मुख्यमन्त्री शाहले पहाडको जनजीवन, दैनिकी, समस्यालगायत त्यहाँका नागरिकको वास्तविक अवस्था बुझ्न भ्रमण उपलब्धिमूलक रहेको धारणा राख्नुभयो । उहाँले दुर्गम क्षेत्रका चुनौती, विकासको आवश्यकता र जनताको अपेक्षा नजिकबाट अनुभव गर्न गाउँगाउँ पुगेको जानकारी दिनुभयो ।

प्रदेश सरकारको लगानीमा अहिले पहाडी बस्तीसम्म सडक सञ्जाल पुगिसकेको मुख्यमन्त्री शाहले बताउनुभयो । प्रदेश संरचनाका बारेमा केही भ्रम सृजना भइरहेको उल्लेख गर्दै उहाँले लोकतन्त्रको संरक्षणमा पत्रकारको भूमिका महत्त्वपूर्ण हुनु भएकाले समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागि कलम चलाउन आग्रह गर्नुभयो ।

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »