ट्रम्पको अध्यागमन नीतिमा कडाइ, ग्रिनकार्ड आवेदकको वर्क परमिट वैधता १८ महिना

अमेरिका । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले अमेरिकामा आफ्नो नीति पुस्तिका अद्यावधिक गरेको छ । अब ग्रिनकार्ड आवेदकहरू र अन्य संरक्षित आप्रवासीहरूलाई जारी गरिने वर्क परमिटको वैधता पाँच वर्षबाट घटाएर १८ महिनामा झारिएको छ ।

ह्वाइट हाउसनजिकै एक अफगानी नागरिकद्वारा दुई नेसनल गार्ड सदस्यलाई गोली हानिएको घटनाको एक हप्तापछि यो कदम चालिएको हो । यो कदमले शरणार्थी, आश्रय खोज्नेहरू र ‘स्टेटस समायोजन’ पर्खिरहेका आवेदकहरूलाई पनि असर गर्ने बताइएको छ ।

यूएस सिटिजनसिप एन्ड इमिग्रेसन सर्भिसेज (यूएससीआईएस)ले यो परिवर्तनले विदेशी नागरिकहरूको बारम्बार जाँच गर्न सम्भव हुने बताएको छ । यो कदमले लाखौँ मानिसहरूलाई असर गर्ने साथै वर्क परमिटको साथ आश्रय खोज्नेहरूमा निर्भर रहने मिट प्याकिङ उद्योगजस्ता कम्पनीहरूमा पनि प्रभाव पार्ने अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले जनाएको छ ।

ट्रम्प प्रशासनले अध्यागमनलाई आफ्नो नीतिको केन्द्रमा राखेको छ । यस वर्षको अन्त्यसम्ममा ६ लाख मानिसलाई निर्वासित (देश निकाला) गर्ने लक्ष्य राखेको छ । हालसम्म करिब २० लाख मानिसले अमेरिका छाडिसकेका छन्, जसमा ५.३ लाख निर्वासन र १६ लाख स्वेच्छाले फर्कनेहरू समावेश छन् ।

धेरै डेमोक्रयाट–शासित सहरहरूमा संघीय अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई) एजेन्टहरूले आपराधिक आप्रवासीहरूलाई निशाना बनाइरहेका छन् । राजधानी वाशिंगटनमा पक्राउ गरिएका ८० प्रतिशत मानिसहरूको पहिले कुनै आपराधिक रेकर्ड नभएको वाशिंगटन पोस्टले जनाएको छ । अगस्ट ११ मा ट्रम्पले वाशिंगटनमा सार्वजनिक सुरक्षा आपतकाल घोषणा गरेका थिए । त्यसयता आईसीईले करिब ११ सय मानिसलाई हिरासतमा लिएको छ ।

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »