सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । सुदुरपश्चिम रोएल्सले सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सलाई १४८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको हो ।

सुदूरपश्चिम र विराटनगर दुवैले प्लेअफमा स्थान बनाइसकेका छन् । सुदूरपश्चिमले शीर्ष स्थान नै सुरक्षित गर्दै पहिलो क्वालिफायर खेल्ने भइसकेको छ । अब यो खेलको नतिजापछि सुदूरसँग पहिलो क्वालिफायर खेल्ने टोलीको पनि टुङ्गो लाग्नेछ । सुदूरले दिएको लक्ष्य १३ ओभर त्रै पूरा गरेमा विराटनगलरे काठमान्डु गोर्खाजलाई पछि पार्दै दोस्रो स्थानमा उक्लनेछ र सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ ।

अन् यअवस्थामा भने काठमान्डु नै दोस्रो स्थानमा रहेर सुदूरसँग पहिलो क्वालिफायर खेल्नेछ । सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मदतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।

यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे । बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।

५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण, किष्ट अस्पतालबाट डिस्चार्ज

ललितपुर । निजी स्वास्थ्य क्षेत्रमा जटिल तथा उन्नत प्रत्यारोपण सेवा विस्तार गर्दै आएको किष्ट शिक्षण अस्पतालअन्तर्गतको किष्ट प्रत्यारोपण केन्द्रले ५ वर्षीया बालिकाको सफल कलेजो प्रत्यारोपण गरेको

Read More »

भक्तजनको चाप बढेपछि दुप्चेश्वरमा नयाँ समय तालिका, साँझको आरतीपछि मुख्य गेट बन्द हुने

नुवाकोट । भक्तजनको चाप बढ्दै गएपछि नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा नियमित पूजा, आरती तथा भक्तजनको प्रवेशलाई थप व्यवस्थित बनाउन नयाँ समय तालिका निर्धारण गरिएको छ। दुप्चेश्वर

Read More »

आज जेनजी शहीद दिवस मनाइँदै, सरकारले दियाे सार्वजनिक बिदा

काठमाडाैं । आज (म‌गंलबार) भदौ २३ गते जेनजी शहीद दिवस मनाउन सरकारले सार्वजनिक बिदा दिएको हो । यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले गत वर्षकाे

Read More »

भाेटेकाेशी बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक, राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको विनाशकारी बाढीमा ज्यान गुमाएकाहरूको सम्मानमा आज (भदाै २२) राष्ट्रिय शोक मनाइरहेकाे छ । रसुवाको भोटेकोशी

Read More »

बेनी हाइड्रोपावरले आईपीओ खुला

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले भदौ २२ गतेदेखि थप सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले ८ लाख ६३ हजार २०० कित्ता आईपीओ

Read More »

भोटेकोशी बाढी प्रभावितलाई एक वर्ष निःशुल्क स्वास्थ्य सेवा

काभ्रे । भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीबाट प्रभावित परिवारका सदस्यलाई धुलिखेल अस्पतालले एक वर्षसम्म निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ ।

Read More »