नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छः प्रथम राष्ट्रपति यादव

वीरगञ्ज (पर्सा), २० मङ्सिर । नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ । वीरगञ्ज दृष्टि आँखा, नाक, कान र घाँटी अस्पतालको नवनिर्मित भवनको आज यहाँ उद्घाटन गर्दै उहाँले भारतको उत्तरीराज्यभन्दा नेपालको आँखा उपचार विशिष्टकृत र अब्बल रहेको बताउनुभयो । “पञ्चायतकालपछि नेपालले आँखा उपचारमा गुणस्तरीर र प्रभावकारी सेवा दिँदै आएरहेको छ”, प्रथम राष्ट्रपति यादवले भन्नुभयो, “भारतको विहार, उत्तरप्रदेश, बङ्गाललगायत राज्यका बिरामी पनि गुणस्तरीय आँखाको उपचार गर्नका लागि यहाँ आउने उदाहरणले पनि यहाँको सेवा विकासबारे प्रस्टाउँछ ।

यी हाम्रा लागि सकारात्मक उपलब्धि हुन् ।” उहाँले चिकित्सक, नर्स र स्वास्थ्यकर्मीले बिरामीलाई गुणस्तरीय सेवा प्रवाह गरिरहेकाले यसलाई थप सुधार गर्दै लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । “चिकित्सक र स्वास्थ्यकर्मीसँग ठूलो अपेक्षा राखेर बिरामी उपचार गर्न आएका हुन्छन् । त्यसैले पनि यो पेसामा संलग्न हुनेले स्तरीय सेवा दिन पछि हट्नुहुँदैन ।” प्रथम राष्ट्रपति यादवले चिकित्सक पेसा पैसा कमाउनेभन्दा पनि मानवीय सेवाबाट प्रभावित हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । “चिकित्सा पवित्र पेसा हो, यसमा मानिसले पूर्ण विश्वास गरेका हुन्छन्”, उहाँले भन्नुभयो, “पैसा कमाउने अन्य पेसा पनि भएकाले यसलाई बद्नाम नगरी मानव र समाज सेवामा केन्द्रित हुनुपर्छ ।”

अस्पतालका कार्यकारी निर्देशक भाइराजा श्रेष्ठले अस्पतालले नवनिर्मित अत्याधुनिक भवनबाट आँखा, नाक, कान, घाँटीलगायत उपचार सेवा दिँदै आएको जानकारी दिनुभयो । “विगत एक दशकमा यहाँबाट १३ लाखभन्दा बढी बिरामीको उपचार भइसकेको छ । जसमा आँखाको मात्रै शैल्याक्रिया एक लाखभन्दा बढी बिरामीको गरेका छौँ”, उहाँले भन्नुभयो । आगामी दिनमा सेवा विस्तारसँगै थप गुणस्तरीय सेवा प्रवाहमा जोड दिने उहाँको योजना छ । अस्पतालका मेडिकल निर्देशक हरि शर्माले पैसाको अभावमा कोही पनि बिरामी दृष्टिविहीन हुन नपरोस् भन्ने भावनाले उपचार गराउँदै आइरहेको बताउनुभयो । आँखासम्बन्धी विशेषज्ञ चिकित्सक राधाकृष्ण कोइराला र वीरसिंह थापालाई सोही अवसरमा सम्मानित गरिएको थियो । अस्पतालका अध्यक्ष विश्वराज गौतमले अस्पतालले आगामी दिनमा बिरामीका लागि अत्याधुनिक सेवा प्रवाह गर्दै जाने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »