भदौ २३ र २४ को घटनालाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ को प्रतिगमनलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताएका छन् । शनिबार नवयुग ई–बुलेटिन शुभारम्भ समारोहमा उनले प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यस्तो प्रतिगमन देशका लागि दुर्भाग्य भएको भन्दै यसलाई ‘क्रान्ति’ भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता भएको बताए ।

उनले भने, ‘यति धेरै परिवर्तन भएको छ । तैपनि केही मान्छे व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्छन् । वितेको तीन महिनामा चाही परिवर्तन भयो कि । तीन महिनामा परिवर्तन भयो भनेर बौद्धिक व्यक्तित्वहरुको विश्लेषण र तर्क सुन्दा दया लाग्छ । जे होस प्रतिगमन पछिका तीन महिनाको कुरा गर्दा त्यो प्रतिगमन देशका लागि दुर्भाग्यो थियो । यसलाई क्रान्ति भनेर महिमा मण्डन गर्नु वुद्धिहीनता हो । आगजनी, तोडफोड र लुटपाट क्रान्ति हुन सक्दैँन् ।’

यस्तै, उनले वर्तमान सरकार अनाधिकृत सरकार भएको भन्दै यस्तो सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास भएको बताए । उनले भने, ‘सरकार त्यसलाई चलाउने अधिकार छ जसलाई जनताबाट विश्वास गरिएको हुन्छ, निर्वाचनबाट निर्वाचित हुन्छ । त्यसपछि मात्रै शासन गर्ने अधिकार हुन्छ ।

गोरखामा राजाको पालामा दौडेर त राजा हुन्थे तर यहाँ त दौडिन पनि नपरिकन एकैचोटि गएर कुर्सी झ्याप्प समातेर थ्याच्च बस्या छ । र आफूलाई शासक घोषणा गरेको छ । यस्तो अनाधिकृत सरकारको सिफारिसमा प्रतिनिधि सभा भंग हुनु हदैसम्मको लोकतन्त्रको उपहास हो ।’

अब देशको प्रतिष्ठा फेरि माथि उठाउनुपर्ने छ, देश बद्नाम हुनेगरि होइन देशको मान माथि उठाउनेगरि काम गर्नुपर्ने भन्दै संविधानलाई बाटोमा ल्याउने र जनताबाट निर्वाचित हुने सरकार बनाउनेतर्फ अगाडि बढ्ने पनि उनको भनाइ छ । आफू पुरानो हुने तर आफूभन्दा साढे तीन महिना कान्छी चुनाव नलडि प्रधानमन्त्री हुने भन्दै यो कुनै जेनजी र परिवर्तनको सरकार नभएको तर्क गरे ।

प्रतिनिधि सभाको बैठक आइतबारका लागि सारियो

काठमाडौं ।  प्रतिनिधि सभाको बैठक आइतबारको लागि सारिएको छ। यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय गरिएको थियो। तर विशेष

Read More »

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »