सर्लाहीमा स्रोत नखुलेको १२ लाख २९ हजार रुपैयाँसहित एक भारतीय पक्राउ

सर्लाही । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–४ त्रिभुवननगरस्थित प्रहरी चौकीको पछाडिबाट स्रोत नखुलेको ठुलो परिमाणको नेपाली रुपैयाँसहित एक भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँच गर्ने क्रममा करिब १२ लाख २९ हजार रुपैयाँ फेला परेको हो । 

जिल्ला प्रहरी चौकी त्रिभुवननगरबाट प्राप्त जानकारीअनुसार मंसिर २१ गते दिउँसो करिब अढाइ बजे प्रहरी सहायक निरीक्षक प्रमानन्द प्रसाद यादवको कमाण्डमा खटिएको गस्ती टोलीले भारतको सोनवर्साबाट नेपालतर्फ आउँदै गरेको बीआर ३० वाई ३२८७ नम्बरको भारतीय मोटरसाइकललाई रोकी चेकजाँच गरेको थियो । 

चेकजाँचका क्रममा उक्त मोटरसाइकलका चालक भारत बिहारस्थित सितामढी जिल्ला, सोनवर्सा ग्राम पञ्चायत वडा नम्बर २ बस्ने २९ वर्षीय धर्मेन्द्र महतोको साथबाट स्रोत नखुलेको १२ लाख २९ हजार नेपाली रुपैयाँ बरामद भएको थियो ।

बरामद भएको रकममा १ हजारका ८१४ थान (८,१४,०००), ५ सयका ६७१ थान (३,३५,५००), १ सयका ७१२ थान (७१,२००) र ५० का १६६ थान (८,३००) छन् । प्रहरीले मोटरसाइकल चालक धर्मेन्द्र महतो, बरामद भएको रकम र मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पठाएको छ । 

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंक लिमिटेडले मुलुकमा उद्यमशिलताको विकास र साना तथा मझौला उद्यमको प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल आइएमई उद्यमशाला कार्यक्रम संचालन गर्ने घोषणा गरेको छ विश्व

Read More »

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »