स्वास्थ्य क्षेत्रको विकासका लागि सबैले भूमिका खेल्नुपर्छ : मन्त्री थापा

काठमाडौं । बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा मगरले स्वास्थ्य क्षेत्रको विकासका लागि सबैले भूमिका खेल्नु पर्ने बताएका छन् ।

सिन्धुलीको दुधौली नगरपालिकामा आयोजित मेडिकल उपकरण हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री थापाले अझै पनि नेपालको स्वास्थ्य क्षेत्र प्राथमिकतामा नपरेको गुनासो गरे । तीनवटै तहका सरकारले कार्यक्रम बनाउँदा र नागरिकले योजना माग गर्दा समेत भौतिक पुर्वााधरमा जोड दिने तर स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा नराख्ने अनुभव उनले सुनाए । ‘हामी बाटो, पुल, सिँचाइ लगायत अनेक संरचनामामा बजेट छुट्याउँछौँ तर स्वास्थ्यलाई छुट्याउँदैनौँ’, उनले भने । एउटा नागरिक स्वास्थ्य हुँदा सिङ्गो समाज स्वास्थ्य हुन्छ भन्ने कुरामा ध्यान जान नसकेको उनको भनाई छ ।

‘हामीले नागरिकको स्वास्थ्यमा खेलबाड गरिरहेका छौँ, स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट छुट्याउँदा मात्र हामीलाई स्वास्थ्य नागरिक बनाउन सक्छौँ’, उनले भने । उनले अस्पतालहरू राज्य र नागरिकका प्राथमिकतामा पर्नुपर्नेमा जोड दिए ।

बागमती प्रदेशका ५ वटा आधारभूत अस्पताललाई प्रदेशस्तरका अस्पताल बनाउनु पर्छ भनेर आफू लागिरहेको उनले बताए । तर अर्थ मन्त्रालयले बजेट विनियोजन नगर्दा आफ्ना योजना सफल हुन नसकेका थापाले जानकारी दिए ।

सिन्धुलीको दुधौली, रामेछापको मन्थली लगायतका अस्पतालहरूमा बिरामीको अत्यधिक चाप भएकोले ती अस्पताललाई प्रदेशस्तरका अस्पताल बताउन अति आवश्यक रहेको उनले बताए । यसको लागि आफूले पहल गरिरहेको थापाले जानकारी दिए ।

कार्यक्रममा स्वास्थ्य विभाग टेकु र बागमती प्रदेश स्वास्थ्य मन्त्रालयलाई अक्सिजनका कन्सटेटर, बेड, ह्विलचियर लगायतका सामाग्री हस्तान्तरण गरिएको थियो ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »