सहमति नभए स्वच्छ प्रतिस्पार्धाबाट नेतृत्व चयन हुन्छ : सचिव अर्याल

काठमाडौँ, २४ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सचिव पद्मा अर्यालले पार्टीको आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा सहमति नभए स्वच्छ प्रतिस्पर्धाबाट आगामी नेतृत्व चयन हुने बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा आज यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले महाधिवेशनमा अध्यक्षलगायत पदमा आकाङ्क्षीहरू हुनु सुखद पक्ष भएको उल्लेख गर्दै ती आकाङ्क्षीलाई महाधिवेशनका प्रतिनिधिले विधिसम्मत प्रक्रियाबाट हल गर्ने बताउनुभयो ।

सचिव अर्यालले पार्टीभित्र सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारीको शैली चल्दै आएको बताउँदै निर्णय हुनुपूर्व छलफल हुने र निर्णय भएपछि त्यसको पालना हुनुपर्ने स्पष्ट गर्नुभयो । गत भदौ २०–२२ मा सम्पन्न दोस्रो विधान महाधिवेशनमा राजनीतिक प्रतिवेदनलगायत दस्तावेजमा छलफल भइसकेकाले अहिलेको राष्ट्रिय महाधिवेशनमा दस्तावेजमाथि छलफल नहुने उहाँले उल्लेख गर्नुभयो । बन्दसत्रको सञ्चालन अध्यक्ष मण्डलको विधिबाट हुने उहाँको भनाइ छ । एमालेको ११औँ महाधिवेशन यही मङ्सिर २७ देखि २९ गतेसम्म हुँदैछ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »