स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहाले स्रोत नखुलेको नगद रकमसहित एक जना व्यक्तिलाई पक्राउ गरेको छ।  प्रहरीले दिएको जानकारी अनुसार गत मङ्सिर २३ गते दिउँसो करिब १२: ३० बजे सिरहाको बरियारपट्टी गाउँपालिका वडा नं. २ मा विशेष सूचनाको आधारमा प्रहरी टोली खटिएको थियो। 

इलाका प्रहरी कार्यालय महेशपुरपतार र प्रहरी चौकी कचनारी सिरहाबाट संयुक्त रूपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ३२ एडब्लु ८३७७ नम्बरको स्कुटीलाई रोकेर चेकजाँच गर्दा स्कुटीको डिकीभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको नगद नेपाली रुपैयाँ सात लाख फेला पारेको थियो ।

सो घटनामा संलग्न स्कुटी चालक सिरहा बरियारपट्टी गाउँपालिका वडा नं. ३ बस्ने करिब ४६ वर्षीय दिनेश महतोलाई नगद रकमसहित स्कुटी नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका महतोलाई इलाका प्रहरी कार्यालय महेशपुरपतार सिरहामा ल्याई आवश्यक अनुसन्धानपछि मङ्सिर २४ गते ठाडी भन्सार कार्यालयमा बुझाइएको सूचना अधिकारी रमेश बहादुर पालले जानकारी दिएका छन्।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »