बलात्कार अभियोगमा अष्ट्रेलियामा नेपाली युवालाई ३ वर्ष जेल सजाय

काठमाडौं । अष्ट्रेलियाको क्यानबेरामा रहेको एसीटी सुप्रिम कोर्टले युवतीमाथि बलात्कार गरेको अभियोगमा एक नेपाली युवालाई ३ वर्षको जेल सजाय सुनाएको छ । अदालतले ३१ वर्षीय अभिषेक तिमल्सिनालाई बलात्कारको दुई अभियोग र सहमति बिना चार अश्लील कार्यको दोषी ठहर गर्दै ३ वर्षको जेल सजाय सुनाएको अष्ट्रेलियाली समाचार संस्था एबीसी न्यूजले उल्लेख गरेको छ ।

युवकले क्यानेबेरामा रहेको एक मलमा आफू काम गर्ने आर्ट पसलमा ग्राहकलाई बलात्कार गरेको अभियोगमा दुई पटक मुद्दा चलाएको थियो। समाचारका अनुसार, यो घटना नोभेम्बर २०२२ मा वेस्टफिल्ड बेलकन्ननको आर्ट पसलमा भएको थियो। ग्राहक सामान किन्न आएकी थिइन्। तिमल्सिनाले पसलको सटर लगाए, महिलालाई कामको सर्ट लगाउन लगाए, उनको फोटो खिचे र सहमति बिनै चुम्बन गरे।

त्यसपछि उनले महिलालाई पछाडिको कोठामा लगे जहाँ महिलाले ‘असफल प्रतिरोध’ गरे पनि उनले दुई पटक बलात्कार र धेरै पटक अश्लील दुव्र्यवहार गरे। यता, एटीसी सर्वोच्चका न्यायाधीश भेरिटी म्याकविलियमले तिमल्सिनाले युवतीमाथि बलात्कार गर्ने योजनाबद्ध रूपमा वातावरण बनाएको बताए। उनले पसलको रोलर ढोका बन्द गरेको, ‘स्वतःस्फूर्त’ फोटो खिच्न सुरु गरेको र महिलालाई आफ्नो शर्ट फेर्न आग्रह गरेको उल्लेख गरेको फैसलामा उल्लेख गरेको छ ।

‘पीडित पसलमा बन्द थिइन्, जसले गर्दा उनीमाथि जोखिम बढ्यो,’ न्यायाधीशले फैसलामा लेखेका छन् । तिमल्सिना नेपालमा हुर्किएका हुन् । उनी १२ महिनाभन्दा बढी जेल परेमा निर्वासनको जोखिममा पर्ने छन् । समाचार अनुसार, यो मुद्दा सकारात्मक सहमति कानून (एसीटी) अन्तर्गत पहिलो परीक्षण हो ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »