शैक्षिक उन्नयनका निम्ती गुल्मीमा महायज्ञ

गुल्मी : क्याम्पसको शैक्षिक विकासका लागि सत्यवतीमा सञ्चालन गरिएको महायज्ञमा रु तीन करोडभन्दा बढी नगद सङ्कलन भएको छ । सत्यवती गाउँपालिका–५ हँसरास्थित सत्यवती बहुमुखी क्याम्पसमा राष्ट्र कल्याण एवं विश्व शान्ति विराट धनधाञ्यचल श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा उक्त रकम सङ्कलन भएको हो ।

क्याम्पसको दीर्घकालीन शैक्षिक विकासका लागि रु तीन करोडको अक्षय कोष स्थापना गर्ने उद्देश्यले यही मङ्सिर १८ देखि २५ गतेसम्म उक्त महायज्ञ आयोजना गरिएको थियो । एक सातासम्म सञ्चालन भएको महायज्ञबाट नगद रु तीन करोड १५ लाख सङ्कलन भएको आर्थिक समिति संयोजक पारिश्वर ढकालले जानकारी दिए । त्यसका अतिरिक्त महायज्ञमा ७०० मुरी धान र ३० क्विन्टल चामलसमेत सङ्कलन भएको संयोजक ढकालले बताए ।

महायज्ञमा सबैभन्दा धेरै आर्थिक सहयोग गर्नेमा सत्यवती–५ रघेवा जन्मस्थान भई हाल बेलायत बस्दै आएका सफल व्यवसायी काशिराम भण्डारी छन् । उनले व्यक्तिगत रुपमा रु १६ लाख ५० हजार महायज्ञमा क्याम्पसका लागि सहयोग गरेका हुन् । उनले क्याम्पस हाताभित्र निर्माण गरिने सरस्वती मन्दिरका लागि पनि थप रु एक लाख सहयोग गर्ने बताएका छन् ।

त्यसैगरी, सत्यवती‐८ भार्से हाल हङकङ निवासी कुलबहादुर बूढाथोकीले रु १० लाख एक हजार, बेलायतमा रहने केशव ज्ञवालीको परिवारले रु १० लाख, स्थानीय लक्ष्मण भण्डारीले रु सात लाख र गोमबहादुर भुसालले रु पाँच लाख आर्थिक सहयोग गरेको महायज्ञका आर्थिक समिति संयोजक ढकालले जानकारी दिए ।

विसं २०७० मा त्रिभुवन विश्वविद्यालयबाट मान्यता प्राप्त गरेको सत्यवती बहुमुखी क्याम्पसमा मानविकी र व्यवस्थापन सङ्कायमा अध्ययन हुँदै आएको छ । उक्त क्याम्पस तत्कालीन सत्यवती माध्यमिक विद्यालय र स्थानीय जनसमुदायकै सहयोगमा स्थापना गरिएको थियो । त्रिभुवन विश्वविद्यालयको अनुदानले मात्र क्याम्पसको आर्थिक व्यवस्थापनमा समस्या भएका कारण महायज्ञ सञ्चालन गर्नुपरेको महायज्ञ मूल समारोह समिति अध्यक्ष पिताम्बर ज्ञवालीले बताए ।

उनले महायज्ञको खर्च कटाएर बचत रकमलाई अक्षय कोषमा राखेर त्यसैमार्फत क्याम्पस सञ्चालन खर्च व्यवस्थापन गर्ने जानकारी दिए । महायज्ञमा नेपाल शन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती महाराज, स्वामी विवेकानन्द सरस्वती महाराज र आचार्य नारायणप्रसाद गैरेबाट श्रीमद्भागवतीय कथा प्रवचन गरिएको थियो ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »