जिल्लामा नेकपाको एकता सन्देशसभा

गण्डकी, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न कम्युनिष्ट पार्टी र समूहरूबीचको एकतापछि बनेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले गण्डकी प्रदेशका विभिन्न जिल्लामा एकता सन्देशसभा गरिरहेको छ । पार्टी एकताको सन्देशलाई पार्टी पङ्क्ति र जनस्तरमा प्रवाह गर्न जिल्ला तहमा एकता सन्देशसभा भइरहेको उक्त पार्टीको केन्द्रीय सदस्य ज्ञामनाथ गैरै ‘अनिल’ले जानकारी दिनुभयो ।

यही मङ्सिर १४ गते प्रदेश राजधानी पोखरामा प्रदेशस्तरीय एकता सन्देशसभा आयोजना गरेको नेकपाले त्यसयता म्याग्दी, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ र पर्वतमा एकता सन्देशसभा सम्पन्न गरिसकेको छ । शनिबार बागलुङ र नवलपुरमा एकता सन्देशसभाको आयोजना हुने केन्द्रीय सदस्य गैरेले बताउनुभयो । मुस्ताङ र मनाङमा कार्यक्रम तय हुन बाँकी रहेको उहाँको भनाइ छ । प्रदेशस्तरीय एकता सन्देशसभा पोखरामा भइसकेकाले कास्कीको छुट्टै कार्यक्रम आयोजना नहुने भएको हो ।

पोखरामा भएको गण्डकी प्रदेशस्तरीय एकता सन्देशसभामा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपाललगायत शीर्षस्थ नेताहरूले सम्बोधन गरेका थिए । जिल्लास्तरमा भएका एकता सन्देशसभामा पनि केन्द्रीयस्तरका नेताहरू सहभागी भइरहेका छन् । शनिबार बागलुङ सदरमुकाममा हुने एकता सन्देशसभालाई उक्त पार्टीका नेता पम्फा भुसाल, देवेन्द्र पौडेल, दिलकुमारी पन्तलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

एकता सन्देशसभामार्फत पार्टीका नीति र विचारलाई जनस्तरमा लैजाने र चुनावी वातावरण बनाउने काम नेकपाले गरिरहेको केन्द्रीय सदस्य गैरैले बताउनुभयो । “नेपाली कम्युनिष्ट पार्टी निर्वाचनमा भाग लिने घोषणासहित तयारीमा जुटिसकेको छ, अहिले पार्टीको एकताको सन्देश देशव्यापी रूपमा प्रवाह भइरहेको छ, यसले पनि निर्वाचनको माहोल बनाउन मद्दत पुगेको छ”, उहाँले भन्नुभयो । यही मङ्सिर २९ गते पालिकास्तरमा एकता सन्देश सभा गरिने नेकपाले जनाएको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »