हामीसँग ब्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत छैन : प्रचण्ड

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा हुने विदेशी चलखेल रोक्नका लागि व्यालेस्टिक मिसाइल प्रयोग गर्ने सामर्थ्य आफूहरूसँग नभएको बताएका छन् । शनिबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले विदेशी हस्तक्षेप र चलखेल रोक्ने अस्त्र हतियार नभई जनताको एकता भएको बताएका हुन् ।

सम्बोधनका क्रममा उनले भने, ‘कतिपय विदेशी शक्तिहरूको चलखेल हुन्छ नै । तर, हामीले कुनै व्यालेस्टिक मिसाइल प्रयोग गरेर विदेशी चलखेल रोक्ने तागत हामीसँग छैन । त्यसैले जनताको तागत, जनताको एकता र शक्ति नै हाम्रो लागि मुख्य शक्ति हो ।’

प्रचण्डले पछिल्लो समय चर्चामा रहेको ‘जेनजी’ आन्दोलनले राजनीतिक दल र पुराना नेताहरूलाई गम्भीर चुनौती दिएको उल्लेख गरे ।  उनले जेनजीले ‘सच्चिने कि सक्किने’ भनेर दिएको चेतावनीलाई आफूले सकारात्मक रूपमा लिएको बताए ।  ‘जेनजी आन्दोलनले पार्टी र हामी नेताहरूलाई चुनौती दियो । मैले त उनीहरूलाई धन्यवाद दिएँ, तपाईंहरूले हामीलाई सच्याउने मौका दिनुभयो,’ प्रचण्डले भने ।

उनले सरकारले जेनजी युवामाथि गरेको दमन गलत भएको टिप्पणी समेत गरे । युवाहरूले उठाएका मागहरू आफ्नो पार्टीसँग मिल्दोजुल्दो रहेको दाबी गर्दै प्रचण्डले भने- ‘अहिले हजारौँ जेनजी युवाहरू हामीसँग जोडिनुभएको छ । उहाँहरूले हाम्रो अभिभावक प्रचण्ड नै रहेछ भनिरहनुभएको छ । यो देखेर कतिपय शक्तिहरू सबै नेपाली कम्युनिस्ट पार्टीतर्फ केन्द्रित भयो भनेर आत्तिएका पनि छन् ।’

उनले आफूहरू जनतासँग आत्मसमीक्षा गरेर तल्लो तहसम्म पुगेको भन्दै अहिले पार्टीप्रति उत्साहित हुने वातावरण बनेको दाबी समेत गरे । 

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »