अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोली चल्यो, २ जनाको मृत्यु

काठमाडौं : अमेरिकाको रोड आइल्याण्ड राज्यमा अवस्थित ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ । आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुको अवस्था स्थिर रहेको अस्पताल स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । विश्वविद्यालय रहेको शहर प्रोभिडेन्सका मेयर ब्रेट स्माइलीले गोलीबाट हताहती हुनेको संख्या बढ्न सक्ने बताएका छन् ।

घटना स्थानीय समय अनुसार शनिबार साँझ ४ बजेर ५ मिनेटमा भएको थियो । गोली चलाउने व्यक्ति फरार छन् । कालो कपडा लगाएका ती व्यक्ति पैदलै भागेको प्रत्यक्षदर्शीले बताएका छन् । प्रहरीले उनको खोजी जारी रहेको जनाएको छ । ब्राउन युनिभर्सिटी र सो आसपासका क्षेत्रमा रहेका मानिसहरुलाई घर बाहिर ननिस्किन भनिएको छ । यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गरेका छन् ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »