एमाले केन्द्रीय कमिटी बैठक : वरिष्ठ उपाध्यक्ष हटाउने, ३ सय १ सदस्यीय केन्द्रीय कमिटी

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक सम्पन्न भएको छ ।

महाधिवेशनको बन्दसत्र सुरु हुनु अघि बसेको बैठकले पार्टीको वरिष्ठ उपाध्यक्ष पद हटाउने निर्णय गरेको छ। बैकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले संशोधित विधानअनुसार अबको केन्द्रीय कमिटी संरचनाबारे जानकारी गराए ।

उनका अनुसार बन्द सत्रबाट अध्यक्ष १ जना, उपाध्यक्ष ५ जना, महासचिव १ जना, उपमहासचिव ३ जना र सचिव ९ जनासहित ३ सय १ सदस्यीय केन्द्रीय कमिटी गठन हुनेछ।

गौतमले केन्द्रीय कमिटीअन्तर्गत स्थायी कमिटी ३३ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय रहने जानकारी दिए। उनका अनुसार यसपटक पार्टीको मूल संरचना र पदाधिकारीको सङ्ख्या पुनःसमायोजन गरिएको हो भने अन्य वैचारिक वा सांगठनिक धारामा परिवर्तन गरिएको छैन।

यसअघि तीन महिनाअघि ललितपुरको गोदावरीमा सम्पन्न विधान महाधिवेशनले १ अध्यक्ष, ३ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी रहने व्यवस्था गरेको थियो। त्यति बेला २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी संरचना कायम गरिएको थियो।

नयाँ निर्णयसँगै पदाधिकारी सङ्ख्या र केन्द्रीय कमिटीको आकार दुवै विस्तार भएको छ। पार्टी नेतृत्वले यो संरचनालाई संगठन विस्तार, समावेशिता र जिम्मेवारी बाँडफाँटलाई थप प्रभावकारी बनाउने उद्देश्यले गरिएको परिवर्तनको रूपमा व्याख्या गरेको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »