मन्त्री घिसिङको सुदूरपश्चिम र लुम्बिनी भ्रमण : सिँचाइ आयोजनाको अनुगमनदेखि पार्टी कार्यक्रमसम्म

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री कुलमान घिसिङ सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा निर्माणाधीन विकास आयोजनाहरूको निरीक्षण तथा राजनीतिक भेटघाटका लागि चार दिने भ्रमणमा निस्कने भएका छन् ।

मन्त्री घिसिङ आज बेलुका काठमाडौँबाट धनगढी प्रस्थान गरी पुस ३ गतेसम्म सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामामा निर्माणाधीन आयोजनाहरूको अनुगमनमा जान लागेका छन् ।

मन्त्रीको सचिवालय दिएको भ्रमण तालिकाअनुसार, मन्त्री घिसिङ सोमबार बेलुका धनगढी पुगेर कञ्चनपुर बस्ने कार्यक्रम तय भएका छन् । पुस १ गत बिहान उनले महेन्द्रनगरस्थित महाकाली सिँचाइ आयोजनाको अनुगमन गर्ने कार्यक्रम रहेको छ ।

सोही दिन मन्त्री घिसिङले महेन्द्रनगरदेखि पहल्मानपुर कान्द्रा नदी क्षेत्रको अवलोकन गर्दै जानकी गाउँपालिकास्थित रानीजमरा कुलरिया सिँचाइ आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । दिउँसो जानकीबाट जोशीपुर हुँदै हुलाकी सडक मार्फत टीकापुर पुगेर उनले टीकापुर पार्कको भ्रमण तथा अनुगमन गर्नेछन् ।

पुस २ गते मन्त्री घिसिङ बर्दियाको राजापुर क्षेत्रमा जाने कार्यक्रम तय भएको छ । उक्त दिन मन्त्री घिसिङले सत्तीघाट तटबन्ध, भिममापुर सिँचाइ र शंकरपुर बोर्डरदेखि कोठियाघाटसम्मको डुबान क्षेत्र तथा जङ्गली जनावरको समस्याबारे स्थलगत अवलोकन गर्ने छन् ।

मन्त्री घिसिङले ओखरिया दौलतपुरमा विकास निर्माणको शिलान्यास गर्ने र राजापुरको लठ्ठौहवा आयोजना हुने उज्यालो नेपाल पार्टीले आयोजना गरेको प्रवेश कार्यक्रममा सहभागी हुने तालिका छ। गुलरिया नगरपालिका वडा नं १ मा बन्दै गरेको सिँचाइ नहरको अनुगमन गर्ने कार्यक्रम छ ।

भ्रमणको अन्तिम दिन पुस ३ गते बिहान मन्त्री घिसिङले खैरापुरमा पार्टी कार्यालयको उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा सहभागिता हुनेछन् । त्यसपछि उनले गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई नदीमा भत्केको जब्दी पुलको स्थलगत भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री घिसिङको यो भ्रमण मुख्यतया सिँचाइ आयोजनाहरूको प्रगति विवरण बुझ्न, बाढी तथा डुबानका समस्या समाधानको पहल गर्न र पार्टी सङ्गठन सुदृढीकरणमा केन्द्रित रहने बताइएको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »