वन डढेलोको जोखिम व्यवस्थापन गर्न राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण

काठमाडौँ, २९ मङ्सिर । सरकारले वन डढेलोको जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी राष्ट्रिय रणनीति र कार्ययोजना निर्माण थालेको छ । गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अगुवाइमा उक्त कार्ययोजना निर्माणको काम अघि बढेको हो । त्यसका लागि प्राधिकरणले एक कार्यदल नै गठन गरेको छ । कार्यदलले कार्ययोजनाको मस्यौदा निर्माण गरी सुझाव सङ्कलन गरिरहेको छ ।

वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय रणनीति, २०८२ एवं कार्ययोजना, २०८२/८३–२०९१/९२ तर्जुमा गर्न गठित कार्यदलको आइतबारको बैठकले उक्त कार्ययोजना निर्माणमा विभिन्न निर्णयसमेत गरेको छ । कार्यदलको बैठकले विभिन्न सरोकारवाला निकायबाट प्राप्त संस्थागत सुझावहरू सम्बन्धमा छलफल गर्दै ती सुझाव समेटेर केही दिनभित्रै रणनीतिलाई अन्तिम रूप दिने निर्णय गरेको प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनुभयो ।

उक्त रणनीतिले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ को समीक्षा गर्दै वन डढेलोको जोखिम कम गर्ने र मूलतः जानाजान आगो लगाउने कार्यलाई उल्लेख्य रूपमा घटाउनका लागि विस्तृत कार्ययोजना तयार गरेको छ । जानाजानी तथा लापरबाही तबरबाट वनमा आगो लगाउने कार्यले वन डढेलो दिनप्रति दिन जटिल समस्या बन्दै गएको छ । त्यसैले कार्ययोजना नै बनाएर त्यलाई न्यूनीकरण तथा व्यवस्थापनको काम गर्न लागिएको प्राधिकरणका कार्यकारी प्रमुख दिनेश भट्टले जानकारी दिनुभयो ।

डढेलोका कारण हरेक वर्ष अर्बौंको भौतिक क्षतिका अतिरिक्त पर्यावरण तथा पारिस्थितिकी प्रणालीमा क्षति पुगिरहेको छ । रणनीति र कार्ययोजना तर्जुमाका लागि प्राधिकरणका प्राविधिक सहसचिवको संयोजकत्वमा १२ सदस्यीय समितिले काम गरिरहेको छ । पछिल्लो समयमा डढेलो र आगलागीका घटनामा बढोत्तरी भइरहेको छ । पछिल्लो एक महिनामा मात्रै आगलागीमा नेपालमा विभिन्न जिल्लामा आठ जनाको मृत्यु भइसकेको छ । वन डढेलो लाग्दा ठूलाठूला बस्तीसमेत जोखिममा परेका विगतको उदाहरण रहेको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »