भारत : हुस्सुका कारण सात बससहितका सवारी साधन ठोक्किँदा आगलागी, कम्तीमा ४ जनाको मृत्यु

मथुरा । बाक्लो हुस्सुका कारण भिजिबिलिटी कम हुँदा मथुरा जिल्लामा मंगलबार बिहान ठुलो दुर्घटना भएको छ । यमुना एक्सप्रेसवेमा धेरै सवारी साधन आपसमा ठोक्किएर आगलागी हुँदा कम्तीमा चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका हुन्।

आगरा-नोएडा एक्सप्रेसवेमा बिहान करिब ४ बजेतिर अत्यधिक कम भिजिबिलिटीका कारण यो दुर्घटना भएको प्रहरीको भनाई छ। प्रहरीका अनुसार बिहान करिब ४:३० बजे बाक्लो हुस्सुमा कम्तीमा सात बस र धेरै साना सवारी साधनहरू एकआपसमा ठोक्किएका थिए।

मथुराका एसएसपी श्लोक कुमारले भने, ‘दुर्घटनामा चार जनाको मृत्यु भएको छ र २५ जना घाइते भएका छन्। यमुना एक्सप्रेसवेको आगरादेखि नोएडा जाने खण्डमा कम भिजिबिलिटीका कारण गाडीहरू ठोक्किएका थिए। केही गाडीहरूमा आगो पनि लागेको थियो।’

उनले टक्करलगत्तै सवारी साधनहरू आगोको चपेटामा परेको बताए। घाइते सबैलाई अस्पताल पठाइएको छ। आगो नियन्त्रण गर्न र फसेका यात्रुहरूको उद्धारका लागि ११ वटा दमकलसहित अग्नि तथा आपत्कालीन सेवाका कर्मचारीहरू घटनास्थलमा पुगेका थिए। घटनास्थलका दृश्यहरूमा जलेर क्षतिग्रस्त भएका बसका अवशेषहरू देखिएका छन्। ती सवारी साधनहरू हटाउन क्रेन प्रयोग गरिएको थियो।

प्रहरी अधिकारीका अनुसार यात्रुहरूलाई सरकारी गाडीमार्फत गन्तव्यतर्फ पठाइएको छ। सडक अवरुद्ध भएकाले डाइभर्सन गरिएको उनले बताए। उत्तरी भारतभर फैलिएको बाक्लो हुस्सुका कारण सडकमा भिजिबिलिटी निकै कम रहेको छ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई समवेदना व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘मथुरा जिल्लाको यमुना एक्सप्रेसवेमा भएको सडक दुर्घटनामा जीवन गुमाउनु अत्यन्तै दुःखद र हृदयविदारक छ। शोक सन्तप्त परिवारहरूप्रति मेरो समवेदना छ।’

मुख्यमन्त्रीले घाइतेहरूको उचित उपचारका लागि जिल्ला प्रशासनका अधिकारीहरूलाई निर्देशन दिएको र दिवंगत आत्माको चीर शान्तिको कामना गरेको उल्लेख गरेका छन्।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »