महिला डाक्टरको हिजाब तानेपछि बिहारका मुख्यमन्त्री नीतीश कुमार विवादमा

पटना । बिहारका मुख्यमन्त्री नीतीश कुमार सोमबार एक नवनियुक्त आयुष महिला डाक्टरको हिजाब तानेपछि विवादमा फसेका छन्। यो घटनालाई लिएर विपक्षी दलहरूले नीतीश कुमारलाई निशाना बनाउँदै ‘मानसिक रूपमा अस्थिर’ भएको आरोप लगाएका छन्।

सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा नीतीश कुमारले नियुक्ति पत्र दिने क्रममा एक मुस्लिम महिला आयुष डाक्टरको अनुहारबाट हिजाब तानिरहेको देखिन्छ।

मुख्यमन्त्रीले यस्तो गरिरहेको बेला पछाडि उभिएका बिहारका उप-मुख्यमन्त्री सम्राट् चौधरीले उनलाई रोक्न खोजेको भिडियोमा देखिन्छ। तर, बिहारका स्वास्थ्य मन्त्री मंगल पाण्डेसहित मुख्यमन्त्रीका प्रधान सचिव दीपक कुमार भने हाँसिरहेको देख्न सकिन्छ।

हिजाबमा आएकी नवनियुक्त डाक्टर नियुक्ति पत्र लिन मञ्चमा पुग्दा ७५ वर्षीय मुख्यमन्त्रीले सोधे, ‘यो के हो?’ त्यसपछि उनी हल्का झुकेर हिजाब तल तान्न पुगेका थिए।

  • विपक्षी दलहरूको कडा आलोचना

विपक्षी पार्टीहरू कांग्रेस र राष्ट्रिय जनता दल (राजद) ले यो घटनाको भिडियो क्लिप सामाजिक सञ्जालमा सेयर गर्दै नीतीश कुमारमाथि निशाना साधेका छन्।

कांग्रेस ले आफ्नो एक्स अकाउन्टमा भिडियो पोस्ट गर्दै लेखेको छ, ‘यी बिहारका मुख्यमन्त्री नीतीश कुमार हुन्। उनको बेशर्मी हेर्नुहोस्। एक महिला डाक्टर नियुक्ति पत्र लिन आउँदा उनको हिजाब तानिदिए।’ कांग्रेसले यो घटिया कामका लागि नीतीश कुमारले तत्काल राजीनामा दिनुपर्ने माग गरेको छ।

बिहारको मुख्य विपक्षी पार्टी राजद ले लेखेको छ, ‘नीतीशजीलाई यो के भयो? मानसिक स्थिति बिल्कुलै दयनीय अवस्थामा पुगिसकेको छ।’ जम्मु कश्मीरकी पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले पनि यस घटनालाई लिएर नीतीश कुमारमाथि निशाना साधेकी छिन्।

उनले इन्स्टाग्राममा लेखिन्, ‘यसलाई उमेरको प्रभाव भन्नुहोस् वा मुस्लिमहरूको सार्वजनिक अपमानलाई सामान्यीकरण भन्नुहोस्। यो अझ विचलित पार्ने कुरा हो कि उनको वरपरका मानिसहरूले यो भयानक घटनालाई मनोरञ्जन जस्तै हेरिरहे।’

उनले थप भनिन्, ‘नीतीश सर, सायद अब तपाईंले आफ्नो पद छोड्ने समय आएको छ।’ देवबन्दी मौलवी कारी इसहाक गोराले समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै भनेका छन्, ‘यसलाई देखेर मेरो मात्र होइन, पूरै देशको जनताको रगत उम्लिएको होला। यस मामिलामा नीतीश कुमारले पूरै देशका महिलाहरूसँग माफी माग्नुपर्छ।’

यद्यपि, जेडीयूका प्रवक्ता नीरज कुमारले मुख्यमन्त्रीको बचाउ गर्दै कुनै खास भिडियो क्लिपलाई विपक्षी दलहरूले अनावश्यक रूपमा उछाल्नु नहुने बताएका छन्। उनले नीतीश कुमारले बिहारमा महिला र अल्पसंख्यकको भलाइका लागि धेरै काम गरेको दाबी गरेका छन्।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »