केपी ओलीको हार निश्चित छ : कृष्णगोपाल श्रेष्ठ

काठमाडौं : नेकपा (एमाले) का नेता कृष्णगोपाल श्रेष्ठले पार्टी हाँक्ने कुशल क्याप्टेन ईश्वर पोखरेल रहेको बताएका छन् ।महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले यो महाधिवेशनमा केपी शर्मा ओलीको हार र पोखरेल समूहको जित निश्चित रहेको बताएका हुन् । उनले पोखरेललाई एमाले निर्माणको आर्किटेक्टको रुपमा चित्रण गरे । एमालेलाई अहिलेको स्थानसम्म ल्याउनका लागि पोखरेलको भूमिका महत्वपूर्ण रहेको उनको भनाइ छ ।

‘यो ११औं महाधिवेशन एमालेको लागि एउटा महत्वपूर्ण टर्निङ पोइन्ट हो । सही ढंगले यो टर्निङ पोइन्टलाई क्रश गर्नुपर्छ भन्ने आधारमा कुशल क्याप्टेन ईश्वर पोखरेल हुनुहुन्छ । हामी जित्ने प्यानलमा उठेका छौं । गर्वका साथ भन्छौं– हामी जित्छौं,’– उनले भने । उनले पार्टी अध्यक्ष ओलीलक्षित गर्दै अहिले आफूहरु पार्टीमा अहंकार, दम्भ र घमण्डी प्रवृत्तिको विरुद्धमा रहेको बताए ।

एमालेलाई संस्कार युक्त ढंगले आम कार्यकर्ताको प्रतिनिधित्व गर्ने, समग्र जनताको हित, कल्याण र पार्टीलाई बनाउन, देशलाई बचाउन र सिंगो समृद्ध र सुखी नेपाली बनाउने सन्दर्भमा एमाललेमा पुस्तान्तरण र हस्तान्तरण नगरी सुख नै नरहेको उनको भनाइ छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »