एमाले मतगणना अपडेट : परिणाम आउन ३ घण्टा लाग्ने, दुवैतर्फका ५/५ प्रतिनिधि बस्ने

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतदान प्रक्रिया सकिएसँगै केहीबेर अघिबाट मतगणना सुरु भएको छ ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार, अबको करिब ३ घण्टामा अन्तिम मतपरिणाम आउनेछ । आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार, मतगणनामा दुवैतर्फका उम्मेदवारहरूको तर्फबाट ५/५ जना प्रतिनिधि राखिएको छ ।

हामीले मतगणना प्रारम्भ गरेका छौं । मतगणनाका लागि एउटा व्यवस्था गरेका छौं । दुइवटै उम्मेदवारको तर्फबाट ५’५ जना प्रतिनिधि राखेका छौं,’ उनले भने ।

ती प्रतिनिधिहरूमा राजनीतिक व्यक्तित्वको रुपमा २ र अरु प्राविधिकको रुपमा २ जना पनि राखिएको उनले बताए । ‘अन्य एसिस्टेन्टको रुपमा पनि राखेका छौं । मेसिनका प्राविधिक र निर्वाचन आयोगका सदस्य हुनुहुन्छ,’ पोखरेलले भने ।

प्राविधिकले दिएको जानकारी अनुसार, सबै मतपरिणाम सार्वजनिक गर्नका लागि ३ घण्टा लाग्ने उनले जानकारी दिए । जसका लागि १० वटा बुथको स्थापना गरिएको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »