अर्थतन्त्रमा मनोबल बढेको छ, आर्थिक सूचकले यसको जस्टिफाई गर्छ : अर्थमन्त्री

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले मुलुकको अर्थतन्त्र सही बाटोमा फर्किएको र आर्थिक गतिविधिमा सुधार हुँदै गएको दाबी गरेका छन् ।

गोरखापत्र संस्थानले आयोजना गरेको पहिलो ‘डिस्कोर्स अन रिकभरी एन्ड रिजिलियन्स’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले तीन महिना अघिको निराशाजनक अवस्थाबाट मुलुक अहिले पुनरुत्थान र स्थायित्वको बाटोमा अघि बढेको बताएका हुन् ।

उनले अर्थतन्त्र चलायमान भएको पुष्टिका लागि सरकारले सरकारी तथ्याङ्कले गर्ने बताए । पछिल्लो तीन महिनामा औद्योगिक कच्चा पदार्थको आयातमा १० देखि १२ प्रतिशतले वृद्धि भएको उनको भनाइ छ ।

‘कच्चा पदार्थ आयात बढ्नु भनेको नेपालका कारखाना चल्न थाल्नु हो,’ उनले भने, ‘तथ्याङ्कले उद्योगहरू बढ्दै गएको र उत्पादन पनि केही हदसम्म बढेको देखाउँछ, जसले अर्थतन्त्रमा मनोबल बढेको ‘जस्टिफाई’ गर्छ।’

पर्यटन क्षेत्रमा गरिएको अनुमान भन्दा राम्रो नतिजा देखिएको छ। अक्टोबर महिनामा सर्वाधिक पर्यटक आगमन भएको र अङ्ग्रेजी वर्षको अन्त्यसम्ममा कोभिड अगाडिको अवस्थाभन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य नजिक रहेको उनले बताए ।

ऊर्जा क्षेत्रमा बङ्गलादेशमा विद्युत् निर्यात थप हुनुलाई ‘माइलस्टोन’ को रूपमा उनले व्याख्या गरे । भारततर्फ करिब २० देखि २५ अर्बको विद्युत् निर्यात भइसकेको उनको भनाइ छ ।

सरकारले छोटो अवधिमा गरेका कानुनी सुधार र लगानी सम्मेलनको प्रभावस्वरुप विदेशी लगानीकर्ताहरू उत्साहित भएको खनालको छ । चिनियाँ लगानीकर्ताहरूसँगको भेटघाटको प्रसङ्ग उल्लेख गर्दै उनीहरू नेपालमा थप लगानी गर्न उत्साहित रहेको उनले बताए ।

अझै पनि केही ‘सब–सेक्टर मा शिथिलता रहेको स्वीकार गर्दै सरकारले पुँजी निर्माण, उत्पादन वृद्धि र रोजगारी सिर्जनाका लागि थप नीतिगत सुधार र कानुन संशोधनको आवश्यकता रहेको उनको भनाइ छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »