मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छ : उपराष्ट्रपति यादव

पाटन (ललितपुर), ३ पुस । उपराष्ट्रपति रामसहायप्रसाद यादवले मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय हुनुपर्ने आवश्यकता औँल्याउनुभएको छ । अर्थतन्त्रको दिगो विकासका लागि निजी क्षेत्रसँग संवाद गर्ने उद्देश्यसहित गोरखापत्र संस्थानको आयोजना र गोरखापत्र एकेडेमीको संयोजनमा भएको ‘गोरखापत्र डिस्कोर्स’ कार्यक्रममा उपराष्ट्रपति यादवले गोरखापत्र बहसमार्फत नेपालको आर्थिक पुरुत्थान, लगानीसम्बन्धी बहस, भविष्यका विकास रणनीति, स्मार्ट पूर्वाधार विकास र व्यवस्थापन, निजी क्षेत्रको आत्मविश्वासलगायत महत्वपूर्ण विषयमा छलफल हुनु सकारात्मक कदम भएको धारणा राख्नुभयो ।

“यो छलफल तथा विमर्श बहसले मुलकको समग्र अर्थतन्त्रको अवस्था, चुनौती र सम्भावनासहितको सरकारको प्रयास तथा निजी क्षेत्रको अपेक्षाको विश्लेषण गर्दै ठोस् निष्कर्षमा पुग्ने विश्वास लिएको छु, युवापुप्ता जेनजीको आन्दोलन पश्चात् नेपालको अर्थतन्त्र र नीतिगत सुधारका विषयमा छलफल हुने विश्वास छ । मुलुकको हितमा सरकार र निजी क्षेत्र काँधमाकाँध मिलाएर अगाडि बढ्नुपर्ने आवश्यकता छ”, उपराष्ट्रपति यादवले भन्नुभयो । उहाँले पारदर्शिता, सुशासन भ्रष्टाचारमुक्त समाज, सरल सार्वजनिक सेवा प्रवाह र देशभित्र रोजगारी सृजनाको मागसहित जेनजी आन्दोलन भएको उल्लेख गर्दै उक्त आन्दोलनपछि आगामी कार्यदिशाका बारेमा छलफल गर्न गोरखापत्रले आयोजना गरेको यो कार्यक्रम महत्त्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले गोरखापत्र इतिहासको जीवन्त दस्तावेज भएको भन्दै गोरखापत्रको योगदान राष्ट्रिय एकतामासमेत विशेष रहेको उल्लेख गर्नुभयो । बैंक तथा वित्तीय क्षेत्रमा थन्किएको पुँजीलाई आर्थिक विकासमा लगाउनुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले कृषि र पर्यटनमा लगानी बढाएमा आर्थिक विकासले गति लिने विश्वास व्यक्त गर्नुभयो । उपराष्ट्रपतिले गोरखापत्रले आयोजना गरेको बहसले सरकार, नीति निर्माता र निजी क्षेत्रलाई एउटै मञ्चमा ल्याउन सहायक सिद्ध बनेको धारणा राख्नुभयो । उहाँले पत्रकारिताले नीति निर्माण तहसम्म जनताको आवाज पु¥याउनुपर्नेमा जोड दिँदै भन्नुभयो, “निजी क्षेत्र आर्थिक क्षेत्र सबल बनाउने माध्यम हुन् ।

यसलाई पत्रकारिताले नीति निर्माणमा जनताको आवाज पु¥याउने गरी सहयोग गर्नुपर्छ ।” नेपालको आर्थिक पुनरुत्थान, लगानी गर्ने वातावरण र भविष्यका विकास रणनीतिबारे उच्चस्तरीय राष्ट्रिय बहसका लागि निजी क्षेत्र, विज्ञ, नीतिनिर्माता र सरोकार भएका निकायका प्रतिनिधिबीच साझा मञ्च सिर्जना गरी चुनौती र अवसरको पहिचान गर्ने उद्देश्यले गोरखापत्र संस्थानले आयोजना गरेको ‘गोरखापत्र डिस्कोर्स’ ललितपुरमा जारी छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »