कञ्चनपुर कारागारमा कैदीबन्दीबिच झडप, ८ जना घाइते

धनगढी । कञ्चनपुर जिल्ला कारागारमा शुक्रबार दिउँसो कैदीबन्दीहरूबिच झडप भएको छ । कारागार प्रशासनले उपलब्ध गराउने सेवा–सुविधा र व्यवहारमा विभेद भएको भन्दै सुरु भएको विवाद झडपमा परिणत भएको हो ।

झडपमा परी ८ जना कैदीबन्दी घाइते भएका छन् । उनीहरूलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी सागर बोहराले जानकारी दिए । घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । कैदीबन्दीहरूका अनुसार कारागार प्रशासनले सबैलाई समान व्यवहार नगरेको र सेवा–सुविधा वितरणमा पक्षपात गरेको भन्दै असन्तुष्टि बढेको थियो ।

विशेष गरी चौकीदार र अन्य कैदीबन्दीबिच खानाको विषयलाई लिएर भनाभन भएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा ८ जना जति कैदीबन्दी सामान्य घाइते भएको बताइए पनि ४ जनालाई अस्पतालै लैजानु परेको थियो । कारागार ऐनअनुसार कारागारभित्र असल आचरण र व्यवहार भएका कैदीलाई ’चौकीदार’ वा ’नाइके’ को जिम्मेवारी दिने व्यवस्था छ ।

उनीहरूलाई कारागारको आन्तरिक व्यवस्थापनका लागि ’कमान्डर’ का रूपमा तोकिन्छ। चौकीदारले कैदीबन्दीका समस्या र कारागारको अवस्थाबारे कारागार प्रशासनलाई जानकारी दिने र समन्वय गर्ने काम गर्छन्। तर, तिनै चौकीदार र अन्य कैदीबन्दीबिच समन्वय अभाव र सुविधाको कुरामा विवाद हुँदा शुक्रबारको घटना घटेको बुझिएको छ ।

झडपपछि कारागारमा सुरक्षा व्यवस्था कडा पारिएको छ । डिएसपी बोहराका अनुसार अहिले कारागारभित्रको अवस्था शान्त भइसकेको छ । प्रशासनले कैदीबन्दीका गुनासाहरू सुन्ने र समस्या समाधान गर्ने प्रयास गरिरहेको जनाएको छ ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »