तोडिएका ठेक्काको तत्काल टेण्डर प्रक्रिया सुरु गर्न मन्त्री घिसिङको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले ठेक्का तोडिएका सडकका आयोजनाको निर्माण सुनिश्चिता गर्न तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्ष २०८२/८३ को प्रथम त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको शुक्रबारको बैठकमा मन्त्री घिसिङले रद्ध गरिएका ठेक्काको बाँकी कामको नापजाँच र निर्माण पूरा गर्न लाग्ने बजेटको मूल्याङ्कन गरी तत्काल टेण्डरको नयाँ प्रक्रिया अगाडि बढाउनु पर्ने बताए । सडक विभागअन्तर्गत ठेक्का लिई वर्षौंदेखि अलपत्र पारिएका सडक एवम् पुल निर्माणका ४३ वटा ठेक्का तोडिएको छ । ४३ वटा ठेक्काको कुल रकम २ अर्ब ९७ करोड ७९ लाख रुपैयाँ रहेको छ ।

ठेक्का तोडिएका योजनाको स्रोत व्यवस्थापन पहिलेनै भएकाले हाल आएर समस्या नरहेको र यदी देखिएमा अर्थ मन्त्रालयसँग आवश्यक पहल र सहजीकरण गरिने उल्लेख गर्दै मन्त्री घिसिङले पुल निर्माणमा बहुवर्षीय सहमतिमा देखिएको अन्यौलता हटाइने बताए ।

उनले भने, ‘तराई/मधेशमा पुल निर्माणमा धेरै समस्या देखियो, कयौं पुल अलपत्र छन्, सडकमा त निश्चित बजेट परेपछि त्यति बराबरको काम गर्न सकिन्छ तर पुलमा त्यसो गर्न सम्भव नै हुँदैन, त्यसैले वहुवर्षीय प्रक्रियामा नै जानुपर्छ ।’ उनले चालु आवको पहिलो त्रैमासिकमा भौतिक पूर्वाधार तथा यातायात मातहतका निकायको प्रगति कम देखिएको र अब आगामी महिनाहरुमा यसमा सुधार गर्नुपर्ने बताए ।

‘बजेट रोक्का एउटा कारण होला तर बजेट समस्या नै नभएका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको समेत प्रगति कम छ, देखिएका समस्या समाधान गरी निर्माण प्रगतिमा सुधार आवश्यक छ, यसमा सबैले पहल गरौँ,’उनले भने ।

मन्त्रालयका सचिव केशवकुमार शर्माले त्रैमासिक प्रगति उत्साहजनक नभएको उल्लेख गर्दै ठेक्का तोडिएका परियोजनालाई अलपत्र नछाडि तत्काल व्यवस्थापनको प्रक्रिया अगाडि बढाउनु पर्ने बताए ।

चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका निकायका लागि १ खर्ब ५१ अर्ब ७५ करोड रुपैयाँ रकम विनियोजन गरिएको छ । त्यसमध्ये पहिलो त्रैमासिकका लागि ४८ अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको छ । पहिलो त्रैमासिकका लागि विनियोजित रकममध्ये ११ अर्ब ६४ लाख रुपैयाँ मात्र खर्च भएको छ । जुन वार्षिक र त्रैमासिक विनियोजनका आधारमा क्रमशः ७.६७ र २४ प्रतिशत मात्र हो ।

योजना छनोट, प्राथमिकीकरण तथा बजेट विनियोजन, राष्ट्रिय गौरवका आयोजनामा सडकको अधिकारक्षेत्र हालसम्म यकिन नभएकाले (राजपत्रमा प्रकाशित नभएको) निर्माण कार्यमा स्थानीय बारम्बार अवरोध हुने गरेको, तोडिएको ठेक्का पुनः ठेक्का व्यवस्थापनमा देखिएको अन्यौलताले ठेक्का सम्झौता कार्यान्वयन लगायतका समस्या मन्त्रालयकातर्फबाट प्रस्तुत गरिएको थियो ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »