बंगलादेशमा हिन्दु युवकको बीभत्स हत्या : रूखमा बाँधेर आगो लगाइयो, सात जना पक्राउ

ढाका । बंगलादेशको मयमनसिंह जिल्लामा एक हिन्दु युवकको बीभत्स हत्या भएपछि त्यहाँको सुरक्षा व्यवस्था र साम्प्रदायिक सद्भावमाथि गम्भीर प्रश्न उठेको छ। 

२७ वर्षीय दिपु चन्द्र दासको हत्या गरी शवलाई रूखमा बाँधेर आगो लगाइएको अवस्थामा फेला पारिएपछि अन्तरिम सरकारका प्रमुख मोहम्मद युनुसले यस घटनाको कडा भर्त्सना गरेका छन्। युनुसका अनुसार यस जघन्य अपराधमा संलग्न रहेको आरोपमा ‘र्‍यापिड एक्सन बटालियन’ (आरएबी) ले सात जना संदिग्धहरूलाई पक्राउ गरिसकेको छ।

स्थानीय प्रहरीका अनुसार ती युवकलाई सुरुमा निर्मम रूपमा कुटपिट गरिएको थियो र पछि आगो लगाएर मारिएको थियो। पक्राउ पर्नेहरूमा १९ देखि ४६ वर्ष उमेर समूहका मोहम्मद लिमन सरकार, तारिक हुसेन, मानिक मिया, इर्शाद अली, निजुम उद्दिन, आलमगीर हुसेन र मिराज हुसेन रहेका छन्। पछिल्लो समय बंगलादेशमा चर्किएको हिंसात्मक श्रृङ्खलाका बिच यो घटना सार्वजनिक भएको हो।

यसैबिच, बंगलादेशको विद्यार्थी आन्दोलनमा सक्रिय रहेका इन्किलाब मञ्चका हादी उस्मानको गोली हानी हत्या भएपछि राजधानी ढाकामा व्यापक र हिंसात्मक प्रदर्शनहरू भएका छन्। सोही तनावका बिच बिहीबार प्रदर्शनकारीहरूले बंगलादेशका प्रतिष्ठित पत्रिकाहरू ‘प्रथम आलो’ र ‘डेली स्टार’ को कार्यालयमा तोडफोड र आगजनी समेत गरेका छन्। 

एकपछि अर्को गर्दै भएका यस्ता हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक र सामाजिक अवस्थालाई थप अस्थिर बनाएको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »