सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउँछौँ, जालझेल गर्नेहरूलाई जनताले चिन्नेछन् : प्रचण्ड

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छरिएर रहेका सबै कम्युनिस्ट शक्तिहरूलाई एउटै केन्द्रमा ल्याउने संकल्प गरेका छन्। 

काठमाडौँमा शनिबार आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले १६ वटा कम्युनिस्ट घटकहरू एकजुट भइसकेको र यो प्रक्रिया अझै विस्तार हुने दाबी गरे। सहमति, सहकार्य र एकताकै जगमा समाजवादको यात्रा सफल हुने भन्दै उनले आफ्नो पार्टीले नै यो ऐतिहासिक अभियानको नेतृत्व गर्ने बताए।

सम्बोधनका क्रममा प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै कडा प्रहार समेत गरे। आफूलाई कम्युनिस्ट भन्नेहरूले नै विभिन्न छलकपट र जालझेल गरेर आफ्नै सहयोद्धाहरूमाथि प्रतिशोध साँधिरहेको उनको आरोप छ। 

यस्ता जालप्रपञ्चका विरुद्ध इमानदार कम्युनिस्टहरू एकै ठाउँमा उभिनुको विकल्प नरहेको भन्दै उनले कार्यकर्ताहरूलाई एकताको महत्त्व बुझ्न आग्रह गरे। व्यक्तिगत स्वार्थ र प्रतिशोधको राजनीतिले देशलाई सही दिशा दिन नसक्ने उनको तर्क छ।

प्रचण्डले पछिल्लो समय सडकमा आएका ‘जेनजी’ पुस्ताका मागहरूलाई आफ्नो पार्टीले उच्च प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि जनाए। नयाँ पुस्ताको चाहना र भावनालाई समेटेर मात्रै समाजवादको लक्ष्यमा पुग्न सकिने विश्वास उनले व्यक्त गरे। 

युवाहरूको माग र मुद्दालाई प्रमुखताका साथ अघि बढाएकै कारण नयाँ पुस्तामा पनि पार्टीको प्रभाव बढ्दै गएको दाबी गर्दै उनले समाजवादको यात्रा अब कसैले रोक्न नसक्ने बताए।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »