सरकारलाई प्रचण्डको चेतावनी : निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति नसार्न चेतावनी दिएका छन् । शनिबार पार्टीको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले निर्वाचन सारिए र संविधान मिचिए आफ्नो पार्टी चुप लागेर नबस्ने बताएका हुन् ।

प्रचण्डले सरकारलाई निर्वाचन सहज ढङ्गले सम्पन्न गर्न आग्रह गर्दै कुनै तर्क वा बहानामा मिति सार्ने दुस्साहस नगर्न भनेका छन् । उनले सरकारले संविधान बारम्बार मिच्ने कोसिस गरे (केही हदसम्म मिचिसकेको अवस्थामा पनि) वा निर्वाचनको मिति सारेर यसलाई धकेल्ने काम गरे फेरि संविधान मिचिने र कम्युनिस्ट पार्टी चुप लागेर नबस्ने स्पष्ट पारे ।

उनले भने, ‘हामीले भनेका छौँ, सहज ढङ्गले निर्वाचन सम्पन्न होस्। सरकारलाई हामी भन्न चाहन्छौँ, तपाईंहरू कुनै तर्क र बहानामा निर्वाचनको मिति सार्ने दुस्साहस नगर्नुहोला। यदि तपाईंहरूले संविधान बारबार मिच्ने कोसिस (एकचोटी त मिच्चिसकेको छ केही हदसम्म) तर त्यसमा हामीले देशको असहज परिस्थितिलाई हेरेर हामीले यो अन्तरिम सरकार बनाउन सहजीकरण गरेकै हौँ। तर यो सरकारले फेरि निर्वाचनको मिति सार्ने, यसलाई धकेल्ने काम गर्‍यो भने फेरि संविधान मिचिन्छ। यदि त्यसो गरियो भने हामी चूप लागेर बस्ने छैनौँ।’

उनले त्यागको इतिहास र निष्ठा नभएका, अहंकारी र दम्भीहरूले प्रतिशोधको भाषा मात्र बोलेर हेप्ने दुस्साहस गरेकोमा खबरदार भनेका छन् । उनले शान्तिपूर्ण ढङ्गले निर्वाचन सम्पन्न होस् भन्ने आफ्नो पार्टीको चाहना रहेको बताए ।

संयोजक प्रचण्डले आफ्नो पार्टीले देशलाई सङ्कटबाट बचाउने उद्देश्यका साथ जनयुद्ध र जनआन्दोलनको तागतलाई एकीकृत गरेको बताए । उनले धनगढीदेखि लम्ही, पोखरा, विराटनगर, जनकपुर, मधेस, सुर्खेत हुँदै काठमाडौँसम्म देखिएको जनताको विशाल उपस्थितिलाई खेलाँची नठान्न चेतावनी दिए । उनले भने, ‘यो शक्तिलाई फेरि जिस्क्याइयो, संविधानसँग फेरि खेलबाड गरियो भने यो शक्ति सडकमा आउनेछ ।’

प्रचण्डले ६ महिना वा १ वर्ष समय थप्ने हल्ला आएमा देश फेरि दुर्घटनामा पर्ने र अबको दुर्घटनाको बेला नेपाली कम्युनिष्ट पार्टी रमिते नबन्ने बताए । बरु ७७ वटै जिल्ला र सबै पालिकाबाट समाजवादी आन्दोलनको, विद्रोहको झण्डा बोकेर सडकमा आउने उनले घोषणा गरे । 

उनले यो शक्तिले नै दुई सय ५० वर्ष पुरानो राजतन्त्रलाई धाराशायी पारेर गणतन्त्र स्थापना गरेको भन्दै यसको तागतलाई खेलाँची नठान्न जोड दिए ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »