पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय

रावलपिन्डी । पाकिस्तानको एक विशेष अदालतले पूर्वप्रधानमन्त्री तथा तेहरिक-ए-इन्साफ (पिटिआई) का संस्थापक इमरान खान र उनकी पत्नी बुशरा बीबीलाई १७ वर्षको जेल सजाय सुनाएको छ। संघीय अनुसन्धान एजेन्सी (एफआईए) को विशेष अदालतले शनिबार रावलपिन्डीको अडियाला जेलमा भएको सुनुवाइपछि यो कडा फैसला सुनाएको हो। अदालतले दुवैलाई जनही १ करोड ६४ लाख रुपैयाँ जरिवाना समेत गरेको छ भने जरिवाना नतिरेमा थप कैद भुक्तान गर्नुपर्ने आदेश दिएको छ।

विशेष न्यायाधीश शाहरुख अर्जुमन्दले सुनाएको फैसलाअनुसार इमरान खानलाई आपराधिक विश्वासघात र साझा इरादाका मुद्दामा १० वर्ष तथा सरकारी कर्मचारीद्वारा गरिएको आपराधिक दुव्र्यवहारको मुद्दामा ७ वर्ष गरी कुल १७ वर्षको सश्रम कारावास तोकिएको छ। उनकी पत्नी बुशरा बीबीलाई पनि सोही बमोजिमको सजाय सुनाइएको छ। यसअघि गत अक्टोबरमा भएको बहसका क्रममा खान दम्पतीले आफूमाथिका सबै आरोपहरू अस्वीकार गर्दै यो फैसला राजनीतिबाट अयोग्य बनाउने ‘मनगढन्ते र प्रतिशोधपूर्ण’ खेल भएको बताएका थिए।

इमरान खानले प्रधानमन्त्री रहँदा तोकिएको नीति र उचित प्रक्रिया पालना गरेरै उपहारहरू राखेको र त्यसको मूल्याङ्कन गरी रकम राष्ट्रिय कोषमा जम्मा गरेको दाबी गर्दै आएका छन्। यद्यपि, अदालतले भ्रष्टाचार रोकथाम ऐन र पाकिस्तान दण्ड संहिताका विभिन्न धाराअनुसार उनीहरूलाई दोषी ठहर गरेको छ। पछिल्लो समय श्रृंखलाबद्ध कानुनी झमेलामा फसेका खानका लागि यो सजायलाई ठूलो राजनीतिक धक्काका रूपमा हेरिएको छ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »