कालीगण्डकी करिडोर : तातोपानी–घाँसा खण्ड स्तरोन्नति

म्याग्दी, ६ पुस । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तातोपानीदेखि मुस्ताङको घाँसा खण्डको सडक स्तरोन्नति सकिएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग–तातोपानीको नागढुङ्गादेखि मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसाको कैह्कुखोला खण्डको सडकलाई ११ मिटर फराकिलो बनाएर दुई लेन कालोपत्र र ढलान गर्न आर्थिक वर्ष २०७३÷७४ देखि योजना सुरु भएको थियो ।

शर्मा–गजुरमुखी जेभीले ‘भेरियसन अर्डर’सहित रु ६३ करोडमा ठेक्का लिएको तातोपानी–घाँसा खण्डको १६ किलोमिटर ५०० मिटर सडकमध्ये पहिरो प्रभावित तीन किलोमिटर ३०० मिटरबाहेकको ठाउँमा कालोपत्र र ढलान गर्ने काम सकिएको हो । जेभीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले दुई किलोमिटर ५०० मिटर ढलान र १० किलोमिटर ७०० मिटरमा डिबिएसडी प्रविधिको कालोपत्र भएको जानकारी दिनुभयो ।

“प्रतिकूल भूगोल, कोरोना महामारी, बाढीपहिरो, नदीजन्य निर्माण सामग्री अभावलगायत कारणले योजना निर्माणमा ढिलाइ भएको हो”, उहाँले भन्नुभयो, “स्तरोन्नति सकिएको सडकलाई औपचारिक रूपमा सडक आयोजना कार्यालयलाई हस्तान्तरणको प्रक्रियामा छाँै ।” लक्ष्यभन्दा पाँच वर्ष ढिलागरी सम्पन्न भएको हो । गजुरमुखी निर्माण सेवा आन्तरिक समस्यामा परेपछि साझेदार शर्माले अधुरो कामलाई पूर्णता दिएको हो । पहिरो प्रभावित गुइँठे, खामभित्ता, दुवारीखोला, लाटोखोला, रुप्से, घोप्टेभिर, ठाडोखोला खण्डमा आयोजनाले नयाँ ठेक्कामार्फत काम सुरु गरेको छ ।

कडा चट्टान र साँघुरो सडक भएको काभ्रेभिर, बादरजुङ र घोप्टेभिर क्षेत्रमा ‘रक एङ्करिङ’ गरेर सडक फराकिलो बनाइएको छ । नागढुङ्गा, जलथले, गुइँठे, सुकेबगर, दाना, तितर, काभ्रे र घाँसा क्षेत्रमा कालोपत्र भएको छ । सडक कालोपत्र भएपछि दुई घण्टाको यात्राअवधि ३० मिनेटमा छोटिएको अन्नपूर्ण गाउँपालिका–३ का वडाध्यक्ष रमेश पुर्जाले बताउनुभयो । यो खण्डको धेरै दूरी अन्नपूर्ण गाउँपालिका–३ को भूगोलमा पर्छ ।

मुस्ताङ आवतजावत गर्ने पर्यटक, तीर्थयात्री, स्थानीयवासीका साथै कोरला नाकाबाट सामान आयातनिर्यात गर्ने मालवाहक सवारीसाधनलाई सहज भएको छ । सडक सहज भएसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको वडाध्यक्ष पुर्जाले बताउनुभयो । शर्मा–गजुरमुखीले बेनी–जोमसोम कोरला सडकको दोस्रो (तातोपानी–घाँसा) र तेस्रो घाँसा कैह्कुखोला–खन्ती खण्डमा स्तरोन्नतिको जिम्मा लिएको थियो । सोह्र किलोमिटर दूरीको कैह्कुखोला–खन्ती खण्डको दुई वर्षअघि नै स्तरोन्नति सकेर हस्तान्तरण गरेको थियो ।

भारत र चीनलाई जोड्ने ४३५ किलोमिटर दूरीको कालीगण्डकी करिडोर सडकलाई गण्डकी प्रदेशको लाइफ लाइन (भाग्यरेखा) मानिएको छ । रु १० अर्ब ५७ करोड अनुमानित लागत रहेको २०२ किलोमिटर दूरीको बेनी–जोमसोम कोरला सडक योजनाअन्तर्गत ९४ किलोमिटर ग्राभेल, ८८ किलोमिटर कालोपत्र र १४ वटा सडक पुल निर्माण सकिएको छ । आयोजना प्रमुख तेजस्वी शर्माले रु १० अर्ब ५७ करोड रहेका आयोजनामा ८२ प्रतिशत अथवा रु आठ अर्ब २० करोड खर्च भइसकेको बताउनुभयो ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »