केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा रास्वपा आन्तरिक छलफलमा, रविलाई ३ बजे स्वागत गरिने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा आन्तरिक छलफलमा जुटेको छ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका सभापति रवि लामिछाने शुक्रबार धरौटीमा रिहा भएपछि पार्टी बैठक बोलाउने सम्बन्धमा आन्तरिक गृहकार्यमा जुटेको हो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासको आदेशमा धरौटीमा रिहा भएपछि लामिछाने हिजो चितवनमा समर्थक तथा शुभचिन्तकलाई सम्बोधन गरेर काठमाडौँ फर्किसकेका छन् । लामिछानेलाई पार्टीले दिउँसो ३ बजे केन्द्रीय कार्यालय वनस्थलीमा स्वागत कार्यक्रम राखेको छ ।

तर केन्द्रीय समिति बैठक बोलाउने वा नबोलाउने भन्ने सम्बन्धमा निर्णय नभइसकेको छ कार्यवाहक सभापति डोलप्रसाद अर्यालले जानकारी दिए । ‘केन्द्रीय समिति बैठक बोलाउने सम्बन्धमा महामन्त्रीसँग कुराकानी भइरहेको छ । निर्णय भएमा जानकारी गराउँछौँ’, उनले भने ।

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं : देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी दुई जनाको ज्यान गएको छ। स्याङ्जाको वालिङ नगरपालिका-७ लभ्लीडाँडास्थित सडकमा ताप्केबाट वालिङतर्फ आउँदै गरेको बीएए ७९०५

Read More »

कलंकीमा ट्याङ्करको ठक्करबाट स्कुटर चालक गम्भीर घाइते

काठमाडौँ । काठमाडौँको कलंकीस्थित बाबा पेट्रोल पम्प नजिकै तेल बोकेको ट्याङ्करले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा परेर बागमती प्रदेश ०२४ प ४७९४ नम्बरको स्कुटर

Read More »

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »