सिन्धुलीमा घरको भान्सामा आगो लाग्दा बुहारीको मृत्यु, ससुरा घाइते

रामेछाप । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा पेट्रोलबाट सल्किएको आगलागीमा एक महिलाको घटनास्थलमै ज्यान गएको छ भने एक पुरुष गम्भीर घाइते भएका छन् । घटना आइतबार अपरान्ह भएको हो ।

धुराफाँट निवासी ६२ वर्षीय दुर्गामान बम्जनको भान्सा कोठामा आगलागी हुँदा बम्जनकी ३२ वर्षीया बुहारी सुशीला बम्जनको ज्यान गएको छ । भान्सामा प्रयोग भएको मट्टितेल वा पेट्रोलबाट आगो सल्किएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

घटनामा दुर्गामान बम्जनसमेत घाइते भएका छन् । उनको दाहिने हात, दाहिने खुट्टा र ढाडको भागमा आगोले गम्भीर रूपमा जलाएको प्रहरीले जनाएको छ । घाइते बम्जनको जिल्ला अस्पताल सिन्धुलीमा प्राथमिक उपचार थप उपचारका लागि काठमाडौं रिफर गरिएको सिन्धुली अस्पतालले जनाएको छ । उनी प्यारालाइसिसका बिरामी हुन् ।

स्थानीय बासिन्दाले आगलागी भएको खबर प्रहरीलाई दिए लगत्तै जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट प्रहरी उपरीक्षक लालध्वज सुवेदीको कमाण्डमा १५ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।

प्रहरीका अनुसार आगलागी भएको स्थान जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट करिब तीन किलोमिटर टाढा पर्दछ । घटनास्थलमा प्रारम्भिक मुचुल्का, शव परीक्षणका प्रक्रिया तथा प्रमाण सङ्कलनको काम सम्पन्न भइसकेको छ भने घटनाको कारण र अवस्थाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

घटनासम्बन्धी थप विवरण आउन बाँकी रहेको र अनुसन्धानको निष्कर्षपछि आगलागीको यथार्थ कारण सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

रास्वपा महाधिवेशनमा ५० करोडभन्दा बढीको व्यापार

चितवन : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनका कारण चितवन र आसपासमा रु ५० करोडभन्दा बढीको कारोबार भएको अनुमान गरिएको छ । झण्डै एक

Read More »

जीतपुरसिमरामा एक साताको अवधिमा सर्पदंशबाट दुई बालिकाको मृत्यु

बारा । जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशबाट एक साताको अवधिमा दुई बालिकाको मृत्यु भएको छ। घटनापछि उपमहानगरपालिकाले आफ्नै नगर अस्पतालबाट सर्पदंश उपचार सेवा सञ्चालनका लागि इपिडिमियोलोजी तथा

Read More »

संस्था मात्र खोलेर हुँदैन, फिल्डमा खटिने टोलीलाई तालिम र साधन चाहिन्छ: आईजीपी कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले स्रोत र साधनको अभावका कारण नेपाल प्रहरीले अपेक्षित नतिजा हात पार्न नसकेको स्पष्ट पारेका छन् । लागुऔषध नियन्त्रण तथा

Read More »

रञ्जु दर्शनाले पनि महामन्त्री पदबाट लिइन् उम्मेदवारी फिर्ता

काठमाडौं । रास्वपाको महामन्त्री पदबाट रञ्जु दर्शनाले पनि उम्मेदवारी फिर्ता लिएकी छन् । महामन्त्रीमा विपिन कुमार आचार्यलाई सहयोग गर्ने भन्दै उनले पनि उम्मेदवारी फिर्ता लिएकी

Read More »

रास्वपा महाधिवेशन : दोस्रो चरणको मतदान प्रक्रिया सुरु

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको निर्वाचनमा मतदान प्रक्रिया सुरु भएको छ ।उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक भएसँगै मतदान सुरु

Read More »

प्रचण्ड र माधव नेपालको शेखर कोइरालासँग भेटवार्ता

काठमाडौँ : नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली कांग्रेसका नेता डा शेखर कोइरालारसँग भेटवार्ता गरेका छन् ।

Read More »