बेनीमा माघे सङ्क्रान्ति मेलाको तयारी

काठमाडौं : सदरमुकाम बेनीमा ‘११औँ माघे संक्रान्ति मेला’ तथा ‘खाना महोत्सव एवं कृषि मेला’ आयोजना हुने भएको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घअन्तर्गतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस ३० देखि आगामी माघ ३ गतेसम्म बेनीको खुलामञ्चमा मेलाको आयोजना गरिनेछ ।

आज आयोजित पत्रकार सम्मेलनमा महिला उद्यम विकास समितिका सभापति अम्बिका श्रेष्ठले परम्परागत माघे संक्रान्ति मेलाको जगेर्ना, स्थानीय कला संस्कृतिको संरक्षण, महिला उद्यमीहरूको प्रोत्साहन तथा पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यले मेला आयोजना गरिएको बताइन् । मेलामा जिल्लाभरबाट कृषि तथा पशुजन्य उत्पादनको प्रदर्शनी, स्थानीय उत्पादन र लघुउद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको खरिद बिक्री समेत हुने अध्यक्ष श्रेष्ठले जानकारी दिइन्  ।

मेलामा खुला लोकनृत्य, खाना प्रतियोगिता, महिला उद्यमीहरूले उत्पादन गरेको सामग्रीको प्रतियोगिता, दुनाटपरी र बाटेको धूप बनाउने प्रतियोगिता, खुला अन्धनिसान, लठो तान्ने, जिल्लाको पर्यटकीय स्थलहरूको विद्यालयस्तरीय पेन्टिङ प्रतियोगिता र छेलोलगायत प्रतियोगिता सञ्चालन हुने महिला उद्यम विकास समितिले जनाएको छ ।

उद्यमशील सोचको विकासका लागि मेलामा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूको उद्यमशील व्यावसायिक योजना प्रतियोगिता समेत समावेश गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । उनले माघे संक्रान्ति मेलाले महिला उद्यमीहरूको नेतृत्व क्षमताको विकास हुनुको साथै जिल्लामा लुकेर रहेका प्रतिभा, कला संस्कृति र मौलिक भेषभूषाको समेत प्रवर्द्धनमा सघाउ पुग्ने बताए ।

मेलाको उद्घाटनका दिन बेनी बजारमा विभिन्न जातजातिहरूले मौलिक कला संस्कृति झल्किने झाँकी प्रदर्शन गरिने भएको छ । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको साङ्गीतिक प्रस्तुति समेत रहनेछ । मेलामा कृषि ज्ञान केन्द्रको सहकार्यमा स्थानीय, रैथाने कृषिसँग सम्बन्धित उत्पादनको प्रदर्शनी तथा भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सहकार्यमा पशुजन्य उत्पादनको प्रदर्शनी समेत राखिने भएको छ । मेलालाई सफल बनाउन विभिन्न उपसमिति समेत गठन गरी तयारी थालिएको समितिका महासचिव प्रमीला जोशी श्रेष्ठले जानकारी दिए ।

युवराज सफल पक्राउ

काठमाडौं । युवराज सफल पक्राउ परेका छन् । उनी मंगलबार पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । सामाजिक सञ्जालहरूमा विभिन्न व्यक्तिहरूको मानमर्दन गरेको आरोपमा उनलाई

Read More »

राजनीति भनेको प्रतिपष्पर्धा हो,प्रतिशोध होइन : सचिव हिक्मत कार्की

झापा। कोशी प्रदेशका मुख्यमन्त्री एवं नेकपा एमालेका सचिव हिक्मत कार्कीले राजनीति भनेको प्रतिशोध नभइ प्रतिष्पर्धा भएको बताएका छन् । दमकमा आज पत्रकारहरुसँग कुरा गर्दै सचिव

Read More »

दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट कारोबार गर्नुपर्ने

काठमाडौँ : निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने बताएका छन् ।

Read More »

सुदूरपश्चिमका योजनालाई टुरिस्ट उम्मेदवारले संसदमा कुरा समेत उठाउँदैनन् : उपमहासचिव भट्ट

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव लेखराज भट्टले आफू निर्वाचित भएमा सुदूरपश्चिममा रहेका पुराना योजनालाई पूर्णता दिने बताएका छन् । काठमाडौंमा भएका कैलाली क्षेत्र नम्बर

Read More »

स्वास्थ्य बिमामा ३ तहकै सरकारको लगानी जरुरी छ- स्वास्थ्यमन्त्री गौतम

 स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बिमालाई प्रभावकारी रुपमा सञ्चालन गर्न तीन वटै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छिन् । आज बिहान

Read More »

काठमाडौंस्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस मनायो

काठमाडौं स्थित भारतीय राजदूतावासले भारतको ७७औं गणतन्त्र दिवस भव्य रूपमा मनाएको छ। लैनचौरस्थित दूतावास परिसरमा सोमबार आयोजित विशेष कार्यक्रममा कार्यवाहक राजदूत डा. राकेश पाण्डेले भारतको

Read More »