चालु आर्थिक वर्षभित्रै पूर्वपश्चिम राजमार्गका १२ पुल मर्मत गरिँदै

कञ्चनपुर, २३ पुस । महाकाली पुल आयोजना कार्यालय महेन्द्रनगरले पूर्वपश्चिम राजमार्गअन्तर्गत सुदूरपश्चिम खण्डमा पर्ने १२ पुल मर्मत तथा सुरक्षा सुदृढीकरण अगाडि बढाएको छ । कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडकखण्डमा रहेका ती पुलको मर्मत अघि बढाइएको हो ।

पुल आयोजना कार्यालयका इन्जिनियर रवि शाहका अनुसार चौधर नदी, वनगाउँ खोला, भाँसी खोला, काँगला खोला, च्यानल क्रसिङ, पथरिया नदी, स्याली नदी, वनहरा नदी, अम्खैया खोला, बालुवा खोला, गौरीगङ्गा खोला र लिक्मा खोलामाथि रहेका पुल मर्मत भइरहेको छ ।

विश्व बैंकको आर्थिक सहयोगमा ठेक्का प्रक्रियामार्फत रु एक करोड ९१ लाख ८२ हजार ४८२ को लागतमा पुलहरू मर्मत भइरहेको उहाँले जानकारी दिनुभयो । “पुलको अवस्था (कन्डिसन रेटिङ)का आधारमा वर्गीकरण गरी मर्मत कार्य अगाडि बढाएका छौँ”, इन्जिनियर शाहले भन्नुभयो, “समस्या पहिचान गरी प्राथमिकताका आधारमा मर्मत भइरहेको छ ।”

मर्मत कार्यअन्तर्गत सस्पेन्सन जोइन्ट, डब्लु–बिम बेरियर, बेरियर रोड पासिङ, क्याच आइ, डेलिनेटर पोस्ट तथा रेलिङ मर्मतजस्ता प्राविधिक काम भइरहेका छन् । गत मङ्सिर २१ गतेदेखि सुरु भएको यो कार्य चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । नियमित मर्मत र सुरक्षा सुदृढीकरणले राजमार्गमा सवारी आवागमन सुरक्षित हुनुका साथै पूर्वाधारको टिकाउपन बढ्ने विश्वास आयोजना कार्यालयको रहेको छ ।

जनविश्वास बिना सञ्चारमाध्यमको अस्तित्वमा प्रश्न उठ्छः सञ्चारमन्त्री

चितवन : सूचना तथा सञ्चार मन्त्री डा. विक्रम तिमिल्सिनाले जनताको विश्वास गुमे सञ्चारमाध्यमको अस्तित्वमाथि नै प्रश्न उठ्ने बताएका छन् । आज यहाँ पत्रकारहरूसँग कुरा गर्दै

Read More »

रास्वपा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्यको लागि मतदान सकिएको छ । बिहीबार मध्याह्न साढे १२ बजे मतदान सकिएको हो ।

Read More »

बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका

Read More »

५ हजार २ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५ हजार २०० रुपैयाँ र चाँदी २५० रुपैयाँले घटेको

Read More »

भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुग्यो, ७ सय बढी घाइते

काठमाडौं । भेनेजुएलामा भूकम्पबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले भूकम्पबाट अहिलेसम्म सात सय बढी घाइते भएको बताएकी छन् ।

Read More »

भेनेजुएला भूकम्पबाट ला गुएरा राज्य सबैभन्दा बढी प्रभावित

काठमाडौं । भेनेजुएलामा लगातार दुईपटकको शक्तिशाली भूकम्पले सबैभन्दा धेरै असर राजधानी काराकासको उत्तरमा अवस्थित ला गुएरा राज्यमा परेको छ । नेशनल एसेम्बलीका अध्यक्ष जर्ज रोड्रिगेजका

Read More »